Like us!
Follow us!
Connect us!
Watch us!

यस साता स्टकमा थपिए यी कम्पनीका सेयर बजार

शनिबार, १९ जेठ २०७५, १८ : ४४ मा प्रकाशित

यस साता स्टकमा थपिए यी कम्पनीका सेयर बजार

अर्थ संसार, काठमाडौँ– यस साता सिभिल बैंक लिमिटेडको दुई करोड सात लाख ४० हजार ८८६ कित्ता हकप्रद, एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको १ लाख २१ हजार ५०० कित्ता बोनस सेयर सूचीकृत भएका छन् ।

यस्तै , एनएलजी इन्स्योरेन्स कम्पनीको एक लाख २८ अजार ८१२, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको एक करोड ३० लाख पाँच हजार कित्ता बोनस र साना किसान विकास लघुवित्तको १२ लाख ५७ हजार ६५५ कित्ता बोनस सेयर स्टकमा सूचीकृत भएको छ ।

धितोपत्र बजारमा यस साता रु दुई अर्ब आठ करोड ७३ लाख ५१ हजार बराबरको सेयर कारोवार भएको छ ।

नेपाल स्टक एक्स्चेन्जका अनुसार कूल १८३ कम्पनीको ४७ लाख ४४ हजार ८१० कित्ता सेयर खरिद बिक्री भएका छन् । कारोवार रकम गत साताको भन्दा आठ दशमलव ५६ प्रतिशत बढी हो ।

गत साता १८३ कम्पनीको रु एक अर्ब ९२ करोड २७ लाख ३१ हजार बराबरका ४१ लाख ३७ हजार ४३० कित्ता सेयर खरिद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा सात दशमलव २५ अंकले बढेर अन्तिम दिन १३०७ दशमलव ६६ अंकमा पुगेको छ ।

 ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा एक दशमलव १७ अंकले बढेर २७५ दशमलव २८ अंकमा आइपुगेको छ ।

यस साता कारोवार रकमका आधारमा नेपाल बैंक लिमिटेड अग्रस्थानमा छ । सो बैंकको रु सात करोड ५४ लाख ९० हजार बराबरको शेयर कारोवार भएको छ ।

यस्तै कारोवार भएको सेयर संख्याका आधारमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड संस्थापक अग्रस्थानमा छ । सो बैंकको तीन लाख ३७ हजार कित्ता सेयर कारोवार भएको छ ।

यस साता नेपाल स्टक एक्स्चेन्जको कारोवार कक्ष नियमित कारोवारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरूको कुनै पनि कारोवार भएन ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको