अर्थ संसार, काठमाडौं– यो साता बिमा कम्पनीको सेयरमा लगानीकर्ताकोआकर्षण बढेको छ ।
साप्ताहिक सेयर कारोबारमा बिमा समूहकोहिस्सा बढ्नुले यो पुष्टि हुन्छ । योसाता सेयर बजारमा २ अर्ब ८ करोड ७३ लाख रुपैयाँ बराबरकोसेयर कारोबार भएकोछ । गत साताकोतुलनामा कारोबार रकम साढे८ प्रतिशतले बढी हो।
साताभरको कुल सेयर कारोबारमा बिमा समूहको हिस्सा २४.८६ प्रतिशत छ । गत साताकोतुलनामा यस्तो हिस्सा बढी हो ।
गत साता कुल कारोबारमा बिमा समूहको हिस्सा साढे १४ प्रतिशत थियो। यसअघि घट्दोप्रवृतिमा रहेकोबिमा कम्पनीहरूको सेयर पछिल्ला दिनहरूमा बढ्दोक्रममा छ । हाल बिमा कम्पनीहरूको तेस्रो त्रैमासकोवित्तीय प्रतिवेदनहरू सार्वजनिक भइरहेका छन्।
अधिकांश वित्तीय विवरणहरू राम्राछन । यसकारण पनि ती कम्पनीहरूको सेयरमा लगानीकर्ताकोआकर्षण बढेको जनाइएकोछ ।
कुल कारोबारमा बिमा समूहकोहिस्सा बढेसँगै वाणिज्य बैंकहरू आबद्ध बैंकिङ समूहकोअंश घटेकोछ । योसाता कुल कारोबारमा बैंकिङ समूहकोहिस्सा २९.८६
प्रतिशत छ ।
गत साता यस्तोहिस्सा २८.६ प्रतिशत थियो। यसैगरी, गत साताको तुलनामा योसाता कुल कारोबारमा लघुवित्त समूहकोहिस्सा पनि घटदोक्रममा छ । साप्ताहिक कारोबारमा योसमूहकोहिस्सा १८.१६ प्रतिशत छ ।
गत साता यस्तोहिस्सा २४.३७ प्रतिशत थियो। यसैगरी, कुल कारोबारमा जलविद्युत् समूहकोहिस्सा ६.४५, विकास बैंकको८.०३ र संस्थापक सेयरको हिस्सा ७.४५ प्रतिशत रहेकोनेप्सेले जनाएकोछ ।
योसाता २३ हजार ५ सय ४८ कारोबारबाट १ सय ८३ कम्पनीका ४७ लाख ४४ हजार ८ सय १० कित्ता सेयर खरिद–बिक्री भए । गत साता ४१ लाख ३७ हजार ४ सय ३० कित्ता सेयर खरिद–बिक्री हुँदा १ अर्ब ९२ करोड २७ लाख ३१ हजार रुपैयाँ परिचालन भएको थियो।
साप्ताहिक रूपमा सेयर कारोबार मापक नेप्सेपरिसूचक साढे १० अंकले घट्यो। तर, साताको पहिलो दिन (आइतबार) को तुलनामा यस्तोपरिसूचक ७.२५ अंकले बढेकोनेप्सेले जनाएकोछ । आइतबार १ हजार ३ सय दशमलव ४१ विन्दुमा रहेको नेप्से बिहीबार १ हजार ३ सय ७.६६ विन्दुमा पुगेको नेप्सेले जनाएकोछ ।
योसाता बैंकिङ, होटल, जलविद्युत्, उत्पादन तथा प्रशोधन र ‘अन्य’ समूहका लगानीकर्ताको सम्पत्ति घट्यो। तर, बिमा, विकास बैंक, वित्त कम्पनी र व्यापारिक (ट्रेडिङ) समूहका लगानीकर्ताको सम्पत्ति बढ्यो।
उक्त अवधिमा बैंकिङ समूहको परिसूचक १८.१४, होटलको०.८२, जलविद्युत्को२०.१, उत्पादन तथा प्रशोधनको७.५८ र ‘अन्य’ को२.२५ अंकलेघट्यो। तर, बिमा समूहको परिसूचक ५१.१३, विकास बैंकको१.२, वित्त कम्पनीको४.१४ र व्यापारिक (ट्रेडिङ) समूहको परिसूचक ४.५६ अंकले उकालो लागे।
नेप्सेको वर्गीकरणमा ‘क’ वर्गमा रहेका कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ परिसूचक २.६१ अंकलेघट्यो। तर, साताको पहिलो दिनको तुलनामा यस्तो सूचक १.१७ अंकले सकारात्मक रहेको नेप्सेले जनाएकोछ ।
योसाता कारोबार रकम (७ करोड ५४ लाख ९० हजार रुपैयाँ) का आधारमा नेपाल बैंक सबैभन्दा अघि छ । कारोबार सेयर संख्या (३ लाख ३७ हजार कित्ता) का आधारमा सिटिजन्स बैंक इन्टरनेसनलको संस्थापक सेयर अग्रस्थानमा छ । कारोबार संख्या (१ हजार ६ सय ७३ वटा) का आधारमा प्रिमियर इन्स्योरेन्स कम्पनी सबैभन्दा अघि रहेको जनाइएकोछ ।
यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँचैदिन खुला रह्यो। विगतमा जस्तै योसाता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरूको कुनै पनि कारोबार भएन ।
योसाता सिभिल बैंकको हकप्रद सेयर तथा एभरेस्ट इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स र साना किसान विकास लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको नेप्सेले जनाएकोछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस