Like us!
Follow us!
Connect us!
Watch us!

शुभम् पावरको २ लाख कित्ता आईपीओ आइतबारदेखि, कहाँबाट आवेदन दिने ?

आइतबार, २० जेठ २०७५, ०८ : ५३ मा प्रकाशित

शुभम् पावरको २ लाख कित्ता आईपीओ आइतबारदेखि, कहाँबाट आवेदन दिने ?

अर्थ संसार, काठमाडौं - शुभम पावर लिमिटेडको साधारण सेयर (आइपिओ) आइतबारदेखि   साधारण सेयर (आईपीओ) निष्कासन भएको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीयबासिन्दाका लागि २ करोड रुपैयाँ बराबरको २ लाख कित्ता आईपीओ निष्कासन गरेको हो ।

आईपीओका लागि न्युनतम ५० देखि अधिकतम १ हजार कित्तासम्म दरखास्त दिन पाइने बिक्री प्रवन्धक सीबीआईएल क्यापिटल लिमिटेडले जनाएको छ । आईपीओ निष्कासन बन्द छिटोमा असार ३ र ढिलोमा असार २४ गतेसम्म तोकिएको छ ।

कम्पनीले प्रभावित स्थानीयबासिन्दालाई १० प्रतिशत आईपीओ निष्कासन गर्न लागेको हो । २० प्रतिशत अर्थात ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आईपीओ सर्वसाधारणलाईै निष्कासन गरेपछि कम्पनीको चुक्तापुँजी २० करोड रुपैयाँ पुग्ने छ ।

संस्थापकको ७० र सर्वसाधारणको ३० प्रतिशत लगानी हुने छ । आईपीओबाट ६ करोड र संस्थापकको १४ करोड रुपैयाँ स्वामित्व रहने छ ।

कम्पनीले हाल ९९० किलोवाटको पिलुवाखोला जलविद्युत आयोजना सम्पन्न गरी ०६८ साउन १ गतेदेखि बिजुली उत्पादन गरिरहेको छ । आयोजना बनाउन १४ करोड ३९ लाख रुपैयाँ खर्च भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको