अर्थ संसार, काठमाडौं– राजश्व विभागले लाभकार आइतबारदेखि बढाएपछि पुँजी बजारमा एकाएक पहिरो गएको छ ।
आन्तरिक राजश्व विभागले आइतबारबाट लगानीकर्तालाई बोनस र हकप्रद सेयरको लागत मूल्य १ सय रुपैयाँ मानेर त्यसभन्दा बढीमा विक्री भएको सेयरमा लाभकर असुल्न नेप्से र सम्बन्धित निकायलाई पत्राचार गरेपश्चात सेयर बजारमा पहिरो गएको हो ।
आइतबार बजार ३३.७१ अंकले घट्दा नेप्से १२७३.४५विन्दुमा आइपुगको छ । जम्मा १५५ वटा कम्पनीको ९ लाख ९७ हजार ३३८ कित्ता सेयर खरिदविक्री हुँदा ५४ करोड ६६लाख ६१ हजार ३६७ रुपैयाँको कारोबार भएको छ ।
कारोबार भएको १० समूह मध्ये ९ समूह राताम्मै
आज क वर्गको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ७.०९ अंकले घटेको छ ।
घटेको बजारमा युनिलिभर नेपाल सवै भन्दा धेरै ४ प्रतिशतले बढेको छ भने मेगा बैंक नेपाल र राष्ट्रिय विमा कम्पनी लिमिटेड सवै भन्दा ९ र ८ प्रतिशतले घटेको छ ।
घटेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।
कमाउने कम्पनी
गुमाउने कम्पनी
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस