अर्थ संसार, काठमाडौं– हकप्रद र बोनस सेयरमा वृद्धि भएको लाभकरको खारेजी माग गर्दै सेयर बजारका लगानीकर्ताले नेपाल स्टक एक्सचेञ्ज घेरोउ गरेका छन् ।
आन्तरिक राजश्व विभागको पत्र पछि हकप्रद र बोनस सेयरमा लाभकर वृद्धि भएको विरोधमा नेपाल पूँजी बजार लगानीकर्ता संघ, इन्भेष्टर फोरम र लगानीकर्ता संघले संयुक्त रुपमा आन्दोलन अगाडि बढाएका छन् ।
सोमबार बिहान १० बजेदेखि नै लगानीकर्ताहरुले नेप्से प्राङणमा धर्ना दिन थालेका छन् । उनीहरुले सोमबार संयुक्त प्रेस विज्ञप्ति समेत जारी गरेका छन् ।
नोक्सानमा पनि कर तिर्नुपर्ने प्रणाली खारेज नभएसम्म कुनै पनि प्रकारका सेयर खरिद बिक्री नगर्न समेत आम लगानीकर्ताहरुसँग उनीहरुले आग्रह गरेका छन् ।
घाटमा पनि कर तिर्ने प्रणाली करको सर्वमान्य सिद्धान्त विपरीत रहेको समेत उनीहरुले संयुक्त रुपमा ठहर गरेका छन् ।
नेप्सेमा घेराउ पछि विरोध स्वरुप दिउँसो अर्थमन्त्रीलाई भेटि ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस