Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ता आन्दोलनको मैदानमा, ब्रोकर सेयर उठाउँदै, मारमा सर्वसाधारण लगानीकर्ता

सोमबार, २१ जेठ २०७५, १५ : ५९ मा प्रकाशित

लगानीकर्ता आन्दोलनको मैदानमा, ब्रोकर सेयर उठाउँदै, मारमा सर्वसाधारण लगानीकर्ता

अर्थ संसार, काठमाडौं– हकप्रद र बोनस सेयरमा वृद्धि भएको लाभकरको खारेजी माग गर्दै सेयर बजारका लगानीकर्ता आन्दोलनमा होमिएका छन् ।

आन्तरिक राजश्व विभागको पत्र पछि हकप्रद र बोनस सेयरमा लाभकर वृद्धि भएको विरोधमा नेपाल पूँजी बजार लगानीकर्ता संघ, इन्भेष्टर फोरम र लगानीकर्ता संघले संयुक्त रुपमा आन्दोलन अगाडि बढाएका छन् ।

सोमबार बिहान १० बजेदेखि नै लगानीकर्ताहरुले नेपाल स्टक एक्स्चेन्ज नेप्सेको कार्यालयमा धर्ना दिनुको साथै सम्बन्धित निकायसँग वार्ताहरु गरेका थिए । लगानीकर्ताका नेताहरुले सामाजिक संजालमा सेयर कारोबार नगर्न आग्रह गरिरहेका छन् । तर, आजको पुँजी बजारलाई हेर्दा अन्य दिनको तुलनामा आज (सोमबार) सकारात्मक सुधार आएको देखिन्छ । आइतबार ३४ अंकले घटेको बजार सोमबार ५.११ अंकले घटेको छ ।

जम्मा १५७ वटा कम्पनीको १० लाख ७१ हजार ८६१ कित्ता सेयर विक्री हुँदा ४२ करोड ४४लाख ८ हजार ८ रुपैयाँको कारोबार भएको छ ।

काराबोर भएको सुरु देखि घटेको बजार दिउँसो १ बजे ५.१ अंकले बढेको थियो । त्यसपछि बजार विस्तारै ओरालो थियो । कारोबार भएको ९ वटा समूह ओरालो लाग्दा नेप्से १२६८.७६ विन्दुमा आई पुगेको छ । 

आजको सेयर कारोबार हेर्दा लगानीकर्तामा दुई चरित्र छलाङ्ग देखिन्छ । बाहिर मैदानमा लाभकरको विरोध गर्दै भित्रभित्र सेयर उठाउँदै आएको देखिन्छ ।

नेप्से र कारोबारलाई हेर्दा बजार केही थामिएको देखिन्छ ।जसले गर्दा सर्वसाधारण लगानीकर्ता भने मारमा  परेका छन् ।  बाठाटाठाले भित्रभित्रै सेयर उठाइरहँदा सोझा लगानीकर्ता भने लगानी गर्नबाट चुकेका छन् ।

सामान्य अंकले घटेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।

कमाउने कम्पनीहरु

गुमाउने कम्पनीहरु

5b15179a9bea8.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको