Like us!
Follow us!
Connect us!
Watch us!

कसरी सुधार होला सेयर बजार ? यस्तो छ सरकारको तयारी

बुधबार, २३ जेठ २०७५, ११ : ०७ मा प्रकाशित

कसरी सुधार होला सेयर बजार ? यस्तो छ सरकारको तयारी

अर्थ संसार, काठमाडौं - नेपालको इतिहासमै पहिलो पटक सेयर बजार बन्द भयो । मंगलबार एक कित्ता पनि सेयर कारोबार भएन ।

नेपालको सेयर बजारको इतिहासमा एक कित्ता पनि सेयर कारोबार नभएको यो नै पहिलो पटक होला  । सेयर लगानीकर्ताले हकप्रद र बोनस सेयरमा समेत पूँजीगत लाभकर तिर्नुपर्ने व्यवस्थाका कारण बजार प्रभावित भएको हो ।

बजार प्रभावित गराउन लगानीकर्ताले नेपाल स्टक उक्सचेन्जमा धर्ना दिए। नेपाल धितोपत्र बोर्डमा समेत घेराऊ गरे । शेयर दलाल कम्पनीमा समेत धर्ना दिए । सरकारले सुरक्षाका लागि प्रहरी परिचालन गर्नुपर्यो ।

जताततै अस्तव्यस्त भएपछि अर्थ मन्त्रालयले वित्तिय महाशाखा प्रमुख उत्तरुकुमार खत्रीको संयोजकत्वमा एक समिति बनाएको छ । समितिलाई १५ दिन भित्र समस्या मसाधानको उपाय सहितको सुझाव दिन भनेको छ ।

सेयर बजारमा पछिल्लो समय देखिएको समस्या मसाधानका लागि पहल गर्ने समेतको अख्तियारी समितिलाई दिइएको छ । समिति ६ सदस्यीय रहेको छ । लगानीकर्ताको आन्दोलनलाई निजी उदोगी तथा व्यवसायीले समेत समर्थन गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्सले लगानीकर्ताको आन्दोलनमा सहयोग रहने बताएका छन् ।

सेयर बजार पछिल्लो समय तरल बन्दै गएको थियो । नेपामला एउटा जवरजस्त तचथ्य स्थापित गरिएको छ , वामपन्थीहरु शेयर बजारप्रति उदार छैनन् । सेयर बजारमा रहेको एक प्रकारको सिण्डिकेटका कारण पनि त्यस्तो हौवा फैलाइएको हो ।

लगानीकर्ता समेत मारमा परेका छन् । यो तथ्य सही हो । तर कर नै तिर्दिन, नियममा नै बस्दिन भन्न त राज्यका नागरिकले पाइदैन होला ? तर नियम मान्दिन भन्ने प्रवृत्ति सतमा देखिएको छ । यस्तो प्रवृत्ति समृद्धिका लागि समेत वाधक बन्न सक्छ ।

त्यसकारण सरकारले गठन गरेको समितिले प्रभावकारी रुपमा शेयर बजारको भविस्य निर्धारण गर्ने गरी सुझाव दिनु जरुरी रहेको छ ।  १५ खर्बको बजार प्रभावित हुँदा त्यसलाई व्यवस्थित गर्ने दायित्व त आखिर सरकारको नै हो ।

सरकारले नियम संगत तवरले निर्णय गर्नु जरुरी छ । सरकारले तयार पार्ने कार्ययोजनालाई प्रभावकारी रुपमा लागू गरेर सेयर बजारको विस्तार गरिनु जरुरी छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको