Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा सुधार, करिब १४ अंकले बढ्यो नेप्से

बुधबार, २३ जेठ २०७५, १६ : ३० मा प्रकाशित

सेयर बजारमा सुधार, करिब १४ अंकले बढ्यो नेप्से

अर्थ संसार, काठमाडौं–लगानीकर्ताले आन्दोलन फिर्ता लिएपछि सेयर बजारमा गुणात्मक परिवर्तन देखिएको छ । दिउँसो एक बजेदेखि खुलेको बजारमा नेप्से सूचक १३.९१ अंकले बृद्धि भएको छ ।

मंगलबार एक कित्ता पनि सेयर कारोबार भएको थिएन । सरकार र आन्दोलतरत लगानीकर्ताबीच सहमति भएपछि बजार खुले लगत्तै बजारमा उछाल आएको थियो । 

अर्थ मनत्रालयले पुरुनौ मूल्यमा लाभकर तिर्नुपर्ने व्यवस्था सहितको पत्र आन्तरिक राजस्व पिभागलाई पठाएपछि कारोबाुर गर्न लगानीकर्ता तयार भएका थिए । 

सूचकमा केही सुधार देखिए पनि कारोबार रकम भने रु २३ करोड ८९ लाख मात्रै भयएको छ । आज विशेष गरी  अन्य उपसूचक बाहेक बाँकी सूचक तथा उपसूचक उकालो लागेको छ। सबैभन्दा धेरै माइक्रोफाइनान्सको उपसूचक २.०९ प्रतिशतले सुधार आएको स्टकले जनाएको छ । 

सरकारले  आगामी आर्थिक वर्षको लागि अर्थमन्त्रालयले थप अध्ययन गरि अध्ययन प्रतिवेदन अनुसार गर्ने निर्णय गरेपछि बजारमा सुधार आएको हो । बढेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ । 

कमाउने कम्पनीहरु 


गुमाउने कम्पनीहरु 

5b17bcd400e5d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको