Like us!
Follow us!
Connect us!
Watch us!

अपर तामाकोशीले पायो आइपिओ बिक्रीको अनुमति, २ करोड ६४ लाख ७५ हजार कित्ता आइपिओ आउँदै

विहीबार, २४ जेठ २०७५, ०९ : ०४ मा प्रकाशित

अपर तामाकोशीले पायो आइपिओ बिक्रीको अनुमति,  २ करोड ६४ लाख ७५ हजार कित्ता आइपिओ  आउँदै

अर्थ संसार, काठमाडौं अपर तामाकोशी हाइड्रोपावरले कुल २ करोड ६४ लाख ७५ हजार कित्ता साधारण सेयर (आइपीओ) बिक्री गर्न बुधबार धितोपत्र बोर्डबाट अनुमति पाएको छ । 

कम्पनीले कुल कित्तामध्ये १ करोड ५ लाख ९० हजार कित्ता १० प्रतिशत आयोजना प्रभावित स्थानीयलाई र १ करोड ५८ लाख ८५ हजार कित्ता १५ प्रतिशत  सर्वसाधारणलाई बिक्री गर्न अनुमति पाएको हो ।

साधारण सेयर ( आईपिओ)बिक्री गर्न सेयर विक्री प्रबन्धकको काम नागरिक लगानी कोष र सनराइज क्यापिटलले गर्ने भएका छन् ।

पहिलो चरणमा स्थानीय बासीका लागि सेयर जारी गरेपश्चात दोस्रो चरणमा कम्पनीले आम सर्वसाधारणमा सेयर जारी हुनेछ ।आइपीओको मूल्य प्रतिकित्ता १०० रुपैयाँ हो ।

अपर तामाकोशीको निर्माण अन्तिम चरणमा पुगेको छ । यसको अधिकतम विद्युत उत्पादन क्षमता ४५६ मेगावाट हो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको