Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा पहिरो, २६ अंकले घटेको बजारमा ४६ करोडको कारोबार

विहीबार, २४ जेठ २०७५, १५ : १८ मा प्रकाशित

सेयर बजारमा पहिरो, २६ अंकले घटेको बजारमा ४६ करोडको कारोबार

कारोबार भएको समूह र नेप्सेको चार्ट

अर्थ संसार, काठमाडौं– साताको अन्ति दिन (आज) विहीबार  सेयर बजारमा पहिरो गएको छ । कारोबार भएको सवै समूह ओरालो लाग्दा नेप्से १२५७ विन्दुमा आइपुगेको छ ।

२५.६८ अंकले घटेको बजारमा १६६ वटा कम्पनीको १४ लाख ४१ हजार २७७ कित्ता सेयर खरिद विक्री हुँदा ४६ करोड ८५ लाख ६० हजार ३४९ रुपैयाँको कारोबार भएको छ ।

सरकारले बोनस र हकप्रदमा लागत मूल्य गाणना गर्दा सेयरको अंकित मूल्यलाई लागत मूल्य मानेर अग्रिम पुँजीगत लाभकर लिन निर्देशन गरेसँगै लगानीकर्ता आइतबारदेखि आन्दोलित थिए । सरकाले उक्त निर्णय फिर्ता लिएपछि बजार बुधबारदेखि सुरुचारु भएको थियो । 

बुधबार एकाएक चम्किएको बजार बिहीबार भने बजार ह्वात्तै घटको छ । सरकारको यस्तो अपरिपक्क निर्णय फिर्ता गरेसँगै  कारोबारमा सहभागि भएका लगानीकर्ता अझै केही दिन पर्ख र हेरको अवस्थामा रहेको देखिन्छ ।

आजक वर्गको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ५.४७ अंकले घटेको छ । समता माइक्रोफाइनान्स वित्तीय संस्था, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सवै भन्दा बढी धेरै प्रतिशतले बढेको छ भने नागवेली लद्युवित्त विकास बैंक लिमिटेड ७ प्रतिशत बढीले घटेको छ । घटेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।

कमाउने कम्पनीहरु

गुमाउने कम्पनीहरु

5b18fdab100e5.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको