Like us!
Follow us!
Connect us!
Watch us!

देवः विकासको २० लाख हकप्रद सेयर असार १ गतेदेखि विक्री

शनिबार, २६ जेठ २०७५, ०८ : ४१ मा प्रकाशित

देवः विकासको २० लाख हकप्रद सेयर असार १ गतेदेखि विक्री

अर्थ संसार, काठमाडौं - देवः विकास बैंक लिमिटेडको करिव २० लाख सेयर लिलामीमा विक्री खुल्ला हुने भएको बैंकले संस्थापक र सर्वसाधारणतर्फको हकप्रद सेयर असार १ गतेदेखि ८ गतेसम्म बोलकबोलमा ल्याउन लागेको हो ।

बैकले हकप्रद सेयर जारी गर्दा नबिकेको संस्थापक तर्फको १४ लाख ७९ हजार २ सय ६४ दशमलव ८८ कित्ता र सर्वसाधारण तर्फको ५ लाख ४० हजार ७ सय ९४.७१ कित्ता शेयर विक्री गर्न शिलबन्दी बोलपत्र निकालेको हो ।

साथै, बैंकले जारी गरेको १० बराबर ४ को अनुपातमा हकप्रद सेयर जेठ २३ गते बाँडफाँट गरेको छ । सो हकप्रद बाँडफाँटमा नपरेका आवेदकहरुको रकम जेठ २८ गतेदेखि वितरण गर्ने भएको छ ।

बैङ्कले सेयरको न्यूनतम मूल्य प्रतिसेयर १ सय तोकेको हुँदा सोभन्दा बढीको मूल्य अङ्कित गरी बोलकबोल गर्नुपर्ने रहेको छ ।

आवेदकहरुले सेयर खरीदको लागि संस्थापक तर्फको न्यूनतम १ हजार कित्ता तथा सर्वसाधारणको लागि न्यूनतम १ सय कित्ता र अधिकतममा सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन् । बैंकको विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

5b1b4288ce02b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको