अर्थ संसार, काठमाडौं– साताको पहिलो दिन (आज) आइतबार २५.४३ अंकले घटेको छ । १६२ कम्पनीका ११ लाख ७६ हजार ३४ कित्ता सेयर ४४ करोड ४३ रुपैयाँ खरिदविक्री भएको छ ।
यसमा तीन करोड २५ लाख बराबरको म्यानुअल करोबार रहेको छ । कारोबारमा आएका सबै उप समूह ओरालो लाग्दा समग्र नेप्से २.०२ प्रतिशतर सेन्सेटिभ इन्डेक्स् २ प्रतिशतले ह्रास आएको छ ।
कारोबार संख्या र कारोबार रकम दुबैमा मेगा बैंक अग्र स्थानमा रहेको छ । बैंकको एक लाख ४७ हजार १७७ कित्ता सेयर चार करोड २० लाख रुपैयाँ बराबरमा किनबेच भएको छ ।
एभरेष्ट बैंक, नेपाल टेलिकम, नेपाल लाईफ, सिभिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, साना किसान लघुवित्त, प्रिमियर इन्स्योरेन्स, र एनएमबि बैंकको समेत एक करोड बढीको सेयर कारोबार भयो ।
यसदिन उन्नति माइक्रोफाइनान्सका सेयरधनीले १० प्रतिशतका दरले कमाएका छन् । सपोर्टको ७.९० र समता माइक्रोफाइनान्सको सेयरमूल्यमा पनि ६.०३ प्रतिशतले उछाल आएको छ ।कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।
कमाउने कम्पनीहरु
गुमाउने कम्पनीहरु
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस