घटेको र बढेको समूह
अर्थ संसार,काठमाडौं– केही दिनअघि देखि निरन्तर घटिरहेको सेयर बजारमा (आज) सोमबार एकाएक हरियाली छाएको छ ।
कारोबार भएको १० वटा समूहमध्ये ७ वटा समूह उकालो लाग्दा नेप्से १२३१.६४ विन्दुबाट १२४१.१९ विन्दुमा पुगेको छ ।
नेप्सेमा मिश्रित रंङ्गले सजिएको छ । ९.५५ अंकले बढेको बजारमा १७० वटा कम्पनीमा ११ लाख ७६ हजार ४९१ कित्ता सेयर खरिविक्री हुँदा ४३ करोड ६८ लाख ८६ हजार ८२९ रुपैयाँको कारोबार भएको छ । क वर्गको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत १.९५ पअंकले बढेको छ ।
बढेको बजारमा उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था र नेपाल हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका सेयरधनीले आफ्नो आम्दानी ९ प्रतिशतले बढाएका छन् भने एभरेष्ट बैंक लिमिट ९ प्रतिशत र नविल प्रगति फण्डका लगानीकर्ताले ५ ले गुमाएका छन् । कमाउने र गुमाउने समूह यस प्रकारको छ ।
कमाउने कम्पनीहरु
गुमाउने कम्पनीहरु
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस