अर्थ संसार, अर्थ संसार, काठमााडौं– रैराङ हाइड्रो पावर कम्पनी लिल्मिटेडको सेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ ।
स्टककाअनुसार आजदेखि सो कम्पनीको साधारण सेय सूचीकृत भएको हो ।कम्पनीको ५६ लाख कित्ता सेयरसूचीकृत भएको हो । कम्पनीले केही समय पहिले आम नेपालीका लागि साधारण सेयर (आइपिओ) बिक्री गरेको थियो ।
कम्पनीले सर्वसाधारण समक्षएन.आई.बि.एल. एस क्यापिटल लिमिटेड लाजिम्पाट, काठमाडौं मार्फत आयोजनाप्रभावित क्षेत्रका बासिन्दाहरुको लागि ५,६०,००० कित्ता सेयर खुल्ला विक्री आव्हान गरी २०७४ श्रावण ६ गते वाँडफाँट गरेको थियो ।
त्यसै गरी ८,४०,००० कित्ता साधारण सेयर सर्वसाधारणको लागि आव्हानभई मिति २०७५ जेष्ठ ९ गते वाँडफाँट भएको थियो । सर्वसाधारणमा वितरण गरिएको १४,००,००० कित्ता तथा कम्पनीका संस्थापकहरुले लगानी गरेको ४२,००,००० कित्ता समेत गरि जम्मा ५६,००,००० कित्ता सेयर वितरण भईनेपालस्टक एक्सचेन्ज लिमिटेडमा सूचिकरण भएको हो । यस कम्पनीलाई नेपाल स्टक एक्चेञ्जबाट RRHP नामाकरण गरिएको छ ।
सेयर सूचिकरण सम्झौतापत्रमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडको तर्फबाट प्रमुखकार्यकारी अधिकृत चन्द्र सिंह साउदले र कम्पनीको तर्फबाट संचालक कुवेरमणि नेपालले हस्ताक्षर गर्नु भएको थियो ।
सूचीकृत भएको सेयरमध्ये सर्वसाधारणको लागि छुट्याइएको ८,०४,००० कित्ता सेयर सम्झौताको ७ दिनपश्चात् कारोवार गर्न योग्यहुनेछ भने संस्थापक सेयर तथा संरक्षित सेयरहरु (कर्मचारी तथा स्थानीय शेयर) धितोपत्रदर्ता तथानिष्काशननियमावली, २०७३ को नियम ९ बमोजिम ३ वर्षको लागि धितोपत्र बजारबाट खरीद विक्री गर्न नमिल्ने व्यवस्था रहेको छ ।
यस कम्पनीको सेयर रजिष्टारको रुपमाकार्यगर्न भिवोर क्यापिटल लिमिटेडसँग सम्झौताभएको छ । सेयर सम्बन्धीकारोवार सोही क्यापिटल मार्फत हुनेछ ।
यस कम्पनीको सेयर सूचिकरण पश्चात् जलविद्युत समुह अन्तर्गत सूचिकृत कम्पनीहरुको संख्या १९ तथाकुल सूचिकृत कम्पनीहरुको संख्या १९७ हुनेछ ।
रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले धादिंग जिल्लामा ५०० किलोवाट क्षमताको रैराङ खोला जलविद्युत आयोजना निर्माण गरि सञ्चालन गरिरहेको छ भने पाँचथर तथा ताप्लेजुंग जिल्लाहरुको सीमानाभई बहने इवाखोलामा ९९०० किलोवाट क्षमताको इवाखोला जलविद्युत आयोजना निर्माण गरिरहेको र आयोजना निर्माण कार्य सम्पन्न हुने अवस्थामा छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस