Like us!
Follow us!
Connect us!
Watch us!

नाडेप लघुवित्तको आइपिओ आज अन्तिम दिन

बुधबार, १३ असार २०७५, ११ : ४१ मा प्रकाशित

नाडेप लघुवित्तको आइपिओ आज अन्तिम दिन

अर्थ संसार, काठमाडौं - नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेको  साधारण सेयर (आइपिओ) मा आवेदन दिने आज अन्तिम दिन हो ।

संस्थाको ४ करोड ८० लाख रुपैयाँको आइपीओ बिक्री खुला  भएको हो । १०० रुपैयाँ अंकित दरको ४ लाख ८० हजार कित्ता आइपीओ खुला गरेका छ ।

 कसको लागि कति ?

 यसमध्ये २४ हजार कित्ता ५ प्रतिशत कम्पनीका कर्मचारी र २४ हजार कित्ता ५ प्रतिशत सामूहिक लगानी कोषलाई दिइनेछ । त्यसपछि बाँकी ४ लाख ३२ हजार कित्ता सर्वसाधारणलाई बिक्री गर्न लागिएको हो ।
 
नाडेपले जारी पुँजीको ३० प्रतिशत सेयर सर्वसाधारणमा बिक्री गर्न लागेको हो । ७० प्रतिशत हिस्सा भने संस्थापकसँग रहनेछ ।   यसमा न्यूनतम २० कित्तादेखि अधिकतम २ हजार ४०० कित्तासम्म आवेदन दिन सकिनेछ ।
 
लगानीकर्ताले बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड, नक्साल काठमाडौं, तथा नाडेप लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय गजुरी १, धादिङबाट पनि आवेदन दिन सक्नेछन् । त्यसैगरी, आस्वा सदस्य सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ । सी–आस्वाबाट घरमै बसेर पनि भर्न मिल्नेछ ।
 
हाल नाडेप लघुवित्तको चुक्ता पुँजी ११ करोड २० लाख रुपैयाँ छ । आइपीओ बिक्रीपछि चुक्ता पुँजी १६ करोड रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले ४ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको