Like us!
Follow us!
Connect us!
Watch us!

महिना दिनमै १४१ अंकले घट्यो सेयर बजार, सबैको ध्यान मौद्रिक नीतिमा

बुधबार, १३ असार २०७५, १३ : २१ मा प्रकाशित

महिना दिनमै १४१ अंकले घट्यो सेयर बजार, सबैको ध्यान मौद्रिक नीतिमा

अर्थ संसार, काठमाडौँ – सेयर बजारमा निरन्तर पहिरो चलीरहेको छ । मौसम पनि बर्षात्को छ । वर्षाको समयमा प्राकृतिक रुपमा बाढी पहिरो जानु स्वभाविक पनि छ । तर शेयर बजारमा भने अप्राकृतिक रुपमा पहिरो गइरहेको छ ।

सेयर बजारमा गइरहेको पहिरो नियन्त्रण कसरी होला भन्ने आम मानिसलाई चासो र जिज्ञासा रहेको छ । तर सरकारको तफृबाट प्रभावकारी सम्बोधन नभएको भन्दै गुनासो पनि उत्तिकै मात्रामा बढीरहेको छ ।

तर मंगलबार सेयर बजार ११ सयको बिन्दुमा झरेको छ । आज पनि बजार घट्ने क्रममा नै रहेको छ । बजार बढ्ने भन्दा पनि घट्ने अवस्थामा नै रहेको छ । लगानीकताृहरु केन्द्रीय बैंकले कस्तो मौद्रिक नीति ल्याउला र सोही आधारमा शेयर बजारमा थप लगानी गर्ने एवम् अन्य कुनै उपाय पहिल्याउने भनेर खोजीमा लागेका छन् ।

युवराज खतिवडाले सेयर बजारको  प्राथामिक बजारलाई बलियो पार्दे दोस्रो बजारको विकास गर्ने नीति अख्तियारी गर्ने बताइरहनु भएको छ । तर बजारको घट्ने क्रम भने रेकिएको छैन ।

सेयर बजार भने दिनप्रतिदिन घट्दै गइरहेको छ । यसले लगानीकताृमा व्श्विास धरमराएको छ । लगानीकताृमा धरमराएको व्श्विासलाई सम्बोधन गर्न पनि सरकार र केन्द्रीय बैंकले स्पष्ट पोलिसी ल्याउनु जरुरी छ ।

अनलाइनबाटै सेयर कारोबार र चौथो त्रैमासिक प्रतिवेदनको मुखैमा बजारमा देखिएको यस खालको अवस्थाले लगानीकर्तामा अझै अन्यौलता  र आशंका कायम राखेको छ ।

पछिल्लो एक महिना अवधिमा मात्र सेयर बजार १४१.५५ अंकले घटिसकेको छ । गत जेठ १४ गते एक हजार ३३६.३५ अंकमा रहेको नेप्से असार १२ गते हिजो मंगलबार एक हजार १९४.८० अंकमा झरेको छ ।

अनलाईनबाटै सेयर कारोबार गर्न सकिने नयाँ व्यवस्था लागू गर्ने तयारीमा नेपाल स्टक एक्सचेन्ज रहेको छ । तर बजारको यस खालको अवस्था हेर्दा जुनसुकै उपाय लगाएपनि बजार बढ्ने अवस्था भने देखिदैन ।

हाल सेयर लगानीकर्ताको ध्यान मौद्रिक नीतिमा गएर केन्द्रीत भएको छ । सो नीतिले बजार सुर्धान विशेष पहल गर्ला भन्ने अपेक्षा गरिएको छ । तर त्यसले बजार सुधार गर्ला कि अझै घटाउला त्यो भने हेर्न बाँकी रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको