Like us!
Follow us!
Connect us!
Watch us!

सामान्य अंकले बढेको सेयर बजारमा कमाउने र गुमाउने कम्पनी यस्ता छन

बुधबार, १३ असार २०७५, १६ : ३४ मा प्रकाशित

सामान्य अंकले बढेको  सेयर बजारमा कमाउने र गुमाउने कम्पनी यस्ता छन

अर्थ संसार, काठमाडौँ – लगातार घट्दै आएको सेयर बजार आज भने सामान्य अंकले उकालो लागेको छ ।

नेपाल स्टक एक्सचेन्जको कारोबार मापक नेप्से परिसूचक ४.६२ अंकले बढेर एक हजार १९९.४२ अंकमा पुगेको छ ।

यस्तै क वर्गका कम्पनीको कारोबार मापक सूचक १.११ अंकले वढेर २५१.९७ अंकमा पुगेको छ ।

कारोबार भएका नौमध्ये ६ उपसूचकमा सुधार आउँदा समग्र बजारमा सुधार आएको स्टकले जनाएको छ ।

आज विशेषगरी बैंक ५.७५ होटल २०.६७ विकास बैक ११.९४ फाइनान्स ०.२१ अन्य ४.१८ र लघुवित्त ४.४४ अंकले बढेका छन । यस्तै जलविद्युत ४.४७ बीमा ४.५८ उत्पादन मूलक १९.८८ अंकले घटेका छन ।

आज कूल  १५७ कम्पनीका रु १७ करोड ३० लाख  बराबरका शेयर खरिद बिक्री भए। सबैभन्दा धेरै नेको इन्स्योरेन्स कम्पनीका रु ९२ लाख बराबरको कारोबार भएको छ।

नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकका शेयरधनीले करिब ६ प्रतिशत कमाएका छन ।

कमाउने कम्पनीहरु

गुमाउने कमपनीहरु

5b336eba44956.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको