Like us!
Follow us!
Connect us!
Watch us!

आरएसडिसी लघुवित्तको सेयर किन्दा फाइदा कि नोक्सान ? हेरौं एक प्राविधिक विश्लेषण

शनिबार, १६ असार २०७५, ०८ : ४५ मा प्रकाशित

आरएसडिसी लघुवित्तको सेयर किन्दा फाइदा कि नोक्सान ? हेरौं एक प्राविधिक विश्लेषण

नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘घ’ वर्गको थोक लघुकर्जा प्रदायक आरएसडिसी लघुबित्त बित्तीय संस्थाले सार्वजनिक गरेको गत आव २०७४/७५ को तेस्रो त्रैमासको वित्तीय विवरणअनुसार रू. २ करोड ३० लाख नाफा कमाएको छ ।

यो अघिल्लो आवको तेस्रो त्रैमासको तुलनामा ४७ प्रतिशतले बढी हो । कम्पनीले अघिल्लो आवको सोही अवधिमा रू. १ करोड ५६ लाख नाफा कमाएको थियो । कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेकाले नाफा बढेको हो । सोही अवधिमा कम्पनीको चुक्तापूँजी २ सय १३ प्रतिशतले बढेर रू. ३५ करोड ९९ लाख पुगेको छ ।

कम्पनीले १ बराबर २ अनुपातमा हकप्रद शेयर र बोनस शेयर वितरण गरेपछि पूँजी बढेको हो । कम्पनीले १३ प्रतिशत बोनस शेयर शेयरधनीको डिम्याट खातामा पठाइसकेको छ । साथै कम्पनीले ५:३ अनुपातमा हकप्रद शेयर जारी गर्ने तयारीमा रहेको छ ।

कम्पनीले उक्त हकप्रद शेयर जारी गर्नको लागि जेठ २२ गते बुक क्लोज रहेको छ । जेठ २१ गतेसम्म शेयर किन्ने शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीले रू. १ सय अङ्कित दरको २१ लाख ५९ हजार ७ सय कित्ता हकप्रद शेयर जारी गर्नेछ । विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

वर्गिकरणः लघुवित्त
पछिल्लो व्यापार मूल्यः रू. ८७१
५२ हप्ताको उच्च व्यापार मूल्यः रू. ३४५५
५२ हप्ताको न्यून व्यापार मूल्यः रू. ३३४
१८० दिनको भारित औसत मूल्यः रू. ८३२.०२

कम्पनीको महत्वपूर्ण अनुपात :


व्यवस्थापन समूहः
अध्यक्षः राजेन्द्र प्रसाद दाहाल
प्रमुख कार्यकारी अधिकृतः दामोदर जोशी
प्रधान कार्यालयः बुटलव १२, कालीकानगर, रुपन्देही
वेबसाइटः www.rsdcmf.com
स्टक सङ्केतः आरएसडिसी

कम्पनीको महत्वपूर्ण वित्तीय परिसूचकहरु (रू. हजारमा ) :

कम्पनीको महत्वपूर्ण अनुपात :

कम्पनीको लाभांश विवरण :

आधारभूत विश्लेषण :
कम्पनीले सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७४/७५ र २०७३/७४ बीच तुलना गर्दाः

  • चुक्तापूँजीको तुलनामा खुद नाफा १३ दशमलव ६१ प्रतिशतबाट घटेर ६ दशमलव ४१ प्रतिशतमा सीमित भएको छ कम्पनीको लगानी रू. २० लाख रहेको छ । कम्पनीले रिजर्भ कोषमा रू. ११ करोड ६६ लाख छुट्याएको छ ।

  • कम्पनीले चैत मसान्तसम्ममा रू. १ अर्ब ४६ करोड कर्जा प्रवाह गरेको छ । यो अघिल्लो आवको तुलनामा ६७ प्रतिशतले वृद्धि हो । खुद ब्याज आम्दानी रू. ४ करोड ५९ लाख रहेको छ । स्थिर सम्पत्ति १५ प्रतिशतले घटेर रू. ३६ लाख २८ हजारमा सीमित भएको छ भने अन्य सम्पत्ति ६५ प्रतिशतले बढेर रू. १ करोड ४२ लाख पुगेको छ ।

  • कम्पनीले सम्भावित जोखिम बापतको व्यवस्थामा रू. ६३ लाख २ हजार छुट्याएको छ भने निष्क्रिय कर्जा शून्य दशमलव ०९ प्रतिशत रहेको छ । पूँजीकोष लागत ११ दशमलव ०५ प्रतिशत र पूँजीकोष पर्याप्तता ३२ दशमलव ०९ प्रतिशत रहेको छ ।

  • कम्पनीले सार्वजनिक गरेको चैत मसान्तसम्मको त्रैमासिक वित्तीय विवरणअनुसार तरलता अनुपात १७ दशमलव १५ प्रतिशत, प्रतिशेयर आम्दानी रू. ८ दशमलव ५४, मूल्य आम्दानी अनुपात ८५ दशमलव ४३ प्रतिशत र प्रति शेयर नेटवर्थ रू. १ सय ३२ दशमलव ४१ रहेको छ । मङ्गलवारको शेयर मूल्य नेटवर्थको साढे ६ गुणा छ ।

प्राविधिक विश्लेषण :

  • मङ्गलवार भएको शेयर कारोबार विवरणः

मैनबत्ती विश्लेषण :

२७ फेब्रुअरी २०१८                                                                         २९ मार्च २०१८

स्ट्याण्डर्ड डेभिएशन :

२७ फेब्रुअरी २०१८                                                                          २९ मार्च २०१८

आरएसआई :

२७ फेब्रुअरी २०१८                                                                           २९ मार्च२०१८

मुभिङ एभरेज :

२७ फेब्रुअरी २०१८                                                                        २९ मार्च २०१८

  • मैनबत्ती विश्लेषणः कम्पनीकोे ६० दिनको कारोबारको अन्तिम दिनमा सुटिङ स्टार आकृती बनेको छ । वियरिश ट्रेण्डमा रिभर्स हुने सङ्केत गर्दछ । विश्वसनियता भने सामान्य रहेको छ ।

  • आरएसआईः कम्पनीकोे ६० दिनको कारोबारमा आरएसआई न्यूट्रल जोन (५८ दशमलव ११ स्केल)मा छ । यसले शेयर खरीद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ ।

  • स्ट्याण्डर्ड डेभिएशन: कम्पनीको ६० दिनको कारोबारमा स्ट्याण्डर्ड डेभिएन १५ दशमलव ८४ विन्दुमा छ । उतारचढाव न्यून रहेको छ ।

  • मुभिङ एभरेजः कम्पनीको ६० दिनको कारोबारमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकै ठाउँमा आएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखा र २६ दिने मूल्यरेखाभन्दा माथि छ । हालको मूल्य रू. ८ सय ७१ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महङ्गिएमा रू. ८ सय ८७ मा प्रतिरोध र मूल्य सस्तिएमा रू. ८ सय ३० मा टेवा पाउने देखिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको