अर्थ संसार, काठमाडौं – सिद्धार्थ इन्स्योरेन्स र आरएसडिसी लघुवित्त वित्तीय संस्थाले आज अर्थात आइतवारदेखि हकप्रद सेयरको विक्री खुला भएको छ ।
सिद्धार्थ इन्स्योरेन्सले १०ः३ः५ को अनुपातमा प्रति सेयर १ सय सय अङ्कित दरको २२ लाख ४४ हजार ९ सय ७३ दशमलव ५० कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।
सो हकप्रदमा साउन २० गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले हकप्रद सेयर निष्कासनका लागी जेठ १ गतेदेखि बुक क्लोज गरेकाले वैशाख ३० सम्म कायम सेयरधनीहरुले आवेदन दिन पाउनेछन् । कम्पनीको विक्री प्रवन्धकमा एनएमबी क्यापिटल रहेको छ ।
आरएसडिसी लघुवित्त वित्तीय संस्था
आरएसडिसी लघुवित्त वित्तीय संस्थाले ५ः३ को अनुपातमा प्रति सेयर १ सय अङ्कित दरको २१ लाख ५९ हजार ७ सय कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
सो हकप्रदमा साउन २० गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले हकप्रद सेयर निष्कासनका लागी जेठ २२ गतेदेखि बुक क्लोज गरेकाले जेठ २१ सम्म कायम सेयरधनीहरुले आवेदन दिन पाउनेछन् । कम्पनीको विक्री प्रवन्धकमा एनआईबीएल एस क्यापिटल रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस