आजको कारोबार समूह माथि यस्तो छ
अर्थ संसार, काठमाडौं– साताको पहिलो दिन (आज) आइतबार सेयर १४.०१ अंकले घटेको छ । कारोबार भएको सवै उपसमूहहरु राताम्मै भएका छन् ।
१५८ वटा कम्पनीको ६ लाख १९ हजार ७४१ कित्ता सेयर खरिदविक्री हुँदा जम्मा १९ करोड ७२ लाख ६२ हजार ६११ रुपैयाँको कारोबार भएको छ ।
बजार दोहोरो अंकले गिरावट हुँदा नेप्से ११८४.४६ विन्दुमा आइपुगेको छ । क वर्गको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत २.९७ अंकले घटेको छ । निरन्तर सेयर बजार घट्दै गएपछि लगानीकर्ताहरु आत्तिन थालेका छन् । यतिखेर बजार नाजुक अवस्थामा पुग्न थालेको छ ।
आज आरम्भ माइक्रो फाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले सवै भन्दा धेरै ५.८८ प्रतिशतले आफ्नो आम्दानी बढाएका छन् भने सवै भन्दा धेरै तिनाउ विकास बैंकका लगानीकर्ताले ५ प्रतिशत भन्दा बढीले आफ्नो आम्दानी गुमाएका छन् ।
कमाउने कम्पनीहरु
गुमाउने कम्पनीहरु
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस