Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा शिवम् सिमेन्टको आइपिओ आउँदै, सुधार होला बजार ?

सोमबार, १८ असार २०७५, ११ : ३५ मा प्रकाशित

सेयर बजारमा शिवम् सिमेन्टको आइपिओ आउँदै, सुधार होला बजार ?

अर्थ संसार, काठमाडौँ – सरकारले उत्पादनमूलक क्षेत्रलाई सेयर बजारमा प्रवेश गराउने नीति लिएपछि पहिलो पटक शिवम् सिमेन्ट उद्योगले साधारण सेयर बिक्री गर्ने भएको छ ।

सेयर बजार ध्वस्त भइरहेको बेला आउन लागेको शिवमको आइपिओले बजारलाई सकारात्मक प्रभाव पार्ने व्श्विास पनि लिएको छ । तर दोस्रो बजारमा शिवमको सेयरले खासै प्रभाव नपार्ने विश्लेषण पनि गरिएको छ ।

कम्पनकिा अनुसार चुक्ता पुँजीको १० प्रतिशत अर्थात् ४४ लाख कित्ता सर्वसाधारणलाई र २ प्रतिशत अर्थात ८ लाख ८० हजार कित्ता सेयर स्थानीयबासी लाई विक्री गर्नेछ । यो सेयर बिक्री गर्दा रु दुई अर्ब दुई करोड ४० लाख कम्पनीलाई प्राप्त हुन्छ ।

नेपाल धितोपत्र बोर्डले शिवम सिमेन्टलाई अङ्कित मूल्यमा थप प्रिमियमसहित साधारण सेयर बिक्री गनयसअघि नै  अनुमति दिइसकेको छ ।

बोर्डले शिवमलाई स्थानीय प्रभावित बासिन्दाका लागि रु  १०० मा थप रु २ सय प्रिमियम थप गरी प्रतिकित्ता ३ सय र सर्वसाधारणका लागि अङकित मूल्यमा रु ३ सयमा  प्रिमियमसहित प्रतिकित्ता रु ४ सयमा आइपिओ बिक्रीका लागि स्वीकृति दिइएको छ ।

उत्पादनमूलक उद्योगको सेयर सर्वसाधारणलाई विक्री गर्न बोर्डले यसअघि नियमावलीमा परिवर्तन गरेको थियो ।

नियमावली परिवर्तनपछि सेयर जारी गर्न अनुमति पाउने शिवम पहिलो कम्पनी हो । यसअघि निकै थोरै मात्र उत्पादनमूलक कम्पनी नेपाल स्टक एक्सचेन्जमा सूचीकृत छन् ।

सो कम्पनीको सेयरनिष्कासन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । वास्तविक क्षेत्रका कम्पनीलाई सर्वसाधारणमा लैजान सरकारले गरेको प्रोत्साहन अनुरुप शिवम अघि सरेको बताइन्छ ।उद्योगको दैनिक उत्पादन क्षमता ३ हजार टन सिमेन्ट छ ।

सरकराले आगामी आर्थिक वर्षको बजेटमा पनि सरकारले उत्पादनमूलक क्षेत्रका उद्योगहरुले सर्वसाधारणमा सेयर जारी गरे कर छुट दिने नीीत लिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको