Like us!
Follow us!
Connect us!
Watch us!

वोमीको हकप्रदमा आवेदन दिने अन्तिम दिन आज

मंगलबार, १९ असार २०७५, ०९ : १२ मा प्रकाशित

वोमीको हकप्रदमा आवेदन दिने अन्तिम दिन आज

अर्थ संसार,  काठमाडौं  वोमी माइक्रोफाइनान्स वित्तिय संस्थाको हकप्रद भर्नु भयो ? नभरेको भए आजै गएर भर्नुहोला ।

किन कि आज अन्तिम दिन हो । संस्थाले जेठ १६ गतेदेखि १० बराबर ३ को अनुपातमा जारी गरेको हकप्रदमा आवेदन दिने मङ्गलवार अन्तिम दिन रहेको छ ।

कम्पनीले सेयरधनीका लागि प्रति सेयर एक सय अङ्कित दरको २ लाख ३३ हजार २ सय ८० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

दोस्रो बजारमा सोमवार  १ हजार ३ सय ५० मा कारोबार भइरहेको कम्पनीको हकप्रद सेयर प्रतिकित्ता १ सय अकित दरमा खरीद गर्न पाइने छ ।

कम्पनीले हकप्रद निष्कासन प्रायोजनको लागि जेठ ४ गते बुक क्लोज गरेकाले जेठ ३ गतेसम्म सेयर किन्ने वा सेयर स्वामित्व हुने सेयरधनी हरुले हकप्रद खरीदको लागि आवेदन दिन सक्नेछन् ।

कहाँबाट आवेदन दिने ?

हकप्रद सेयर खरीदका लागि कम्पनीको सेयरनिष्कासन तथा विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड र नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरी आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्बा प्रणाली मार्फत समेत आवेदन दिन सकिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको