Like us!
Follow us!
Connect us!
Watch us!

नाडेपको आईपीओ बुधबार बाँडफाँड हुँदै

मंगलबार, १९ असार २०७५, १६ : ५५ मा प्रकाशित

नाडेपको आईपीओ बुधबार बाँडफाँड हुँदै

अर्थ संसार, काठमाडौं–  नाडेप लघुवित्त वित्तीय संस्थाले जारी गरेको साधारण सेयर (आइपिओ) बिधबार विहान ( असार २०) हुने भएको छ ।

सेयर विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैकिङको कार्यालयमा बुधबार विहान ९ बजे सेयर बाँडफाँड हुने कार्यक्रम इन्भेष्टमेण्डले तय गरेको छ ।

माग भन्दा बढी आवेदन परेपछि गोलाप्रथाबाट सेयर बाँडफाँड हुनेछ । नाडेपको साधारण सेयर ४३ हजार २ सय जनाले १० कित्ताको दरले पाउनेछन् ।

कम्पनीले असार १० गतेदेखि १३ गतेसम्म सर्वसाधारणका ४ लाख ३२ हजार कित्ता आईपीओ विक्री गरेको थियो ।

विक्री प्रबन्धकका अनुसार आईपीओमा २ लाख २१ हजार आवेदकबाट १ करोड १ लाख कित्ता सेयर खरीदका लागि आवेदन परेको थियो ।

नोट : आइपिओको नतिजा हेर्न यसो गर्नुहोस।

हामी आइपिओको नतिजा आउन साथ राख्ने छौँ । नतिजा हेर्नको लागि यो पेज नतिजा लाईक गर्नु पर्ने छ ।

यहाँ क्लिक गरी लाइक गर्नुहोला ।

https://www.facebook.com/arthasansar/

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको