Like us!
Follow us!
Connect us!
Watch us!

नाडेपको आइपिओ बाँडफाँट, ४३ हजार २ सय आवेदकको हातमा१० कित्ता

बुधबार, २० असार २०७५, ११ : १० मा प्रकाशित

नाडेपको आइपिओ बाँडफाँट,  ४३ हजार २ सय आवेदकको हातमा१० कित्ता

अर्थ संसार, काठमाडौं–नाडेप लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको साधारण सेयर(आइपिओ) वुधवार वाँडफाँट भएको छ।

गोलाप्रथावाट भएको वाँडफाँटमा ४३ हजार दुइ सय आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। साधारण सेयरमा  दुर्इ लाख १९ हजार ९१ जनाले आवेदन दिएका थिए । आवेदन दिनेमध्ये ४ सय ७४ आवेदन रद्द भएको छ ।
 
संस्थाले चार करोड ८० लाख रुपैयाँ बराबरको चार लाख ८० हजार कित्ता सर्वसाधारणका लागि साधारण सेयर निष्काशन गरेको थियो। जसमा ९९ लाख एक हजार १३० कित्ताकालागि आवेदन परेको थियो भने त्यसमा २७ हजार १३० कित्ताको आवेदन रद्ध भएको विक्री प्रवन्धक नविल इन्भेष्टमेन्टले जनाएको छ।

संस्थाले असार १४ गतेदेखि सेयर निष्कासन बिक्री खुला गरेको थियो। संस्थाले न्यूनतम २० कित्तादेखि २४०० कित्तासम्मको लागि आवेदन लिएको थियो ।

नोट : आइपिओको नतिजा हेर्न यसो गर्नुहोस।

हामी आइपिओको नतिजा आउन साथ राख्ने छौँ । नतिजा हेर्नको लागि यो पेज नतिजा लाईक गर्नु पर्ने छ ।

यहाँ क्लिक गरी लाइक गर्नुहोला ।

https://www.facebook.com/arthasansar/

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको