Like us!
Follow us!
Connect us!
Watch us!

अर्थमन्त्री ज्यू ! अब त नैतिकताको आधारमा राजीनामा दिने हो कि ?

विहीबार, २१ असार २०७५, ११ : ११ मा प्रकाशित

अर्थमन्त्री ज्यू  !   अब त नैतिकताको आधारमा राजीनामा दिने हो कि ?

नेपालको बर्तमान अर्थमन्त्री कथित  अर्थतन्त्रको निकै जानकार भनिएका पिएचडि शैक्षिक योग्यताधारी युवराज खतिवडा छन् । जब ऊनी अर्थमन्त्रीमा  नियुक्त भए  त्यतिबेला निकै खुशी  लागेको थियोे देशले एक असल अर्थमन्त्री पायो । आम सर्वसाधारणको लागि निकै राम्रो हुनेछ । 

अब देशमा अर्थतन्त्रको  क्षेत्रमा निकै सुधार हुनेछ । लगानी योग्य बाताबरण निर्माण हुनेछ । करका दरहरु घट्ने छ ।  लगानीलाई प्रोत्साहन गरिने छ । देश र जनता सहकार्य गर्दै सगसगै समृद्धि तर्फ लम्किने छन् ।

 तर, आज उनी अर्थमन्त्री हुदा देखेका सपनाहरु केवल सपना नै रहेछन् । त्यो त  सब भ्रम मात्र रहेछ । उनको  काम गराई सोचाइ  निकै फरक रहेछ । उनले अर्थमन्त्रीको रूपमा देशको अर्थतन्त्रको बारेमा स्वेतपत्र जारी गर्दै  भने देशको ढुकुटी नै रित्तिएको छ । हो हामी सबै नेपालीलाई थाहा छ, हाम्रो देश गरिब छ तर खतिवडाले भने झै  बिश्व जगतमा देशको  बदनामि नै हुने गरि पुरै रित्तिएको, देश टाट नै पल्टिन लागेको  भने पक्कै पनि होइन ।

कर उठाउने नाममा नागरिकका सानोतिनो खुशी पनि खोसी दिनु भयो ।  के यसलाई  हामी राम्रो मान्ने त ? यदि तपाई साच्चिकै असल अर्थमन्त्री हुनुहुन्थ्यो भने भुपु बिशिष्टहरुको  नाममा  हुने राष्ट्रकोषको दोहन रोक्न सक्नु पर्थ्यो खै त यस बिषयमा तपाईको बिज्ञता ।

यो शब्द बिबादित बने पछि यसलाई स्पष्ट पारे । यदि यिनी साच्चिकै असल  अर्थमन्त्री ,  राम्रो सोचाइको   मान्छे भएको भए यसरी देशको बेइज्जत नै  हुने तरिकाले, देश नै टाट पल्टिने हो कि गरि   देशको ढुकुटी रित्तियो भनेर  भन्ने थिएनन् । त्यस दिन देखि मनमा लाग्न थाल्यो कि  यिनि कतै  सुनको जलप लगाइएका नक्कली सुन त होइनन् ?

एक असल अर्थमन्त्री त्यो हो, जसले जनतामा करको  भार  कम थोपरी अन्य विभिन्न उपायहरुबाट देशलाई समृद्धि बनाउछ । जनतालाई खुशी एवं  सुखी  तुल्याउ छ । तर, अर्थमन्त्री खतिवडाले भने जनतालाई करको भारी मात्र थोपरेर राज्यको ढुकुटी भर्छु भन्ने सोचाइ  हो भने त्यो भन्दा मुर्खता अरु केहि हुनै सक्दैन । तपाई यदि साच्चिकै बाहिर भनिए झै बडो विद्वान अर्थशास्त्री हो भने जनतालाई भार नपर्ने गरि आफ्नै  श्रीजनात्मक तरिका बाट  राज्यकोषमा कति पैसा जम्मा गर्नु भयो त ?  कुनै आकडा छ । 

उदाहरणको लागी नागरिकले   बिदेशबाट आउदा १ लिटर मदिरा पहिला फ्री ल्याउन पाउथे , घर परिवार एवं साथिभाइहरु सग रमाइलो गर्थे तर अहिले कर लगाइ दिनु भयो । कर उठाउने नाममा नागरिकका सानोतिनो खुशी पनि खोसी दिनु भयो ।  के यसलाई  हामी राम्रो मान्ने त ? यदि तपाई साच्चिकै असल अर्थमन्त्री हुनुहुन्थ्यो भने भुपु बिशिष्टहरुको  नाममा  हुने राष्ट्रकोषको दोहन रोक्न सक्नु पर्थ्यो खै त यस बिषयमा तपाईको बिज्ञता ।

यदि तपाईलाई पुँजी बजारको बारेमा राम्रो ज्ञान भएको भए तपाई सग सहकारीको सेयर नभएर नेप्सेमा लिस्टेड कम्पनीको सेयर हुनुपर्ने हो । मलाई लाग्छ तपाई सग पुँजीबजारको बारेमा राम्रो  ज्ञान नै छैन । पढ्नु र पर्नु फरक कुरा हो ।  

के तपाईको बिज्ञता भनेको लाखौं जनताको लगानी रहेको पुजिबजारलाई अनुउत्पादक क्षेत्र भन्नू नै हो त ? पुँजी बजारमा  लगानी गर्ने भनेको तपाईले सोचे जस्तो सम्पन्नशाली मान्छेहरु मात्र हुदैनन् । आम सर्वसाधारण नागरिक हुने गर्छन् । यदि तपाईलाई पुँजी बजारको बारेमा राम्रो ज्ञान भएको भए तपाई सग सहकारीको सेयर नभएर नेप्सेमा लिस्टेड कम्पनीको सेयर हुनुपर्ने हो । मलाई लाग्छ तपाई सग पुँजीबजारको बारेमा राम्रो  ज्ञान नै छैन । पढ्नु र पर्नु फरक कुरा हो ।  

 यदि तपाई साच्चिकै असल अर्थमन्त्री हुनुहुन्थ्यो भने राज्यकोष बाट हुने नेताहरुको  उपचार खर्च रोक्नु पर्थ्यो ।  तपाईले त्यस्तो खर्च रोक्नु भए न  त  । तपाईको बजेट भाषण पछि महङ्गि कति बढेको छ,  के तपाईको ध्यान तर्फ  गएको छ ? सर्वसाधारणको चुलो नै बन्द हुने अवस्था आइसक्यो खै त  मुल्य नियन्त्रण तर्फ तपाईंका कामहरु ? तपाईको कर वृद्धि कै कारण आज  सबै क्षेत्र आक्रान्त छ ।  कर वृद्धि बाहेक के मा तपाईको विद्वतता देखियो र खै । खै तपाई सग राम्रा राम्रा योजना अनि भिजनहरु ।

अर्थमन्त्री ज्यु, अर्थमन्त्रालय भनेको कुनै पसल होइन, जसरी हुन्छ रकम उठाउ , कर उठाउ अनि ढुकुटी भर । यो त सेवा मुलुक सस्था हो । तपाईको सोचाइ सेवा मुलुक भन्दा पनि पसलको साहु जि जस्तो देखिन्छ ।  हरेक क्षेत्रमा कढाई गर्ने , निचोर्ने तर जनतालाई  सेवासुबिधा दिनेमा भने  कन्जुस्याइँ गर्ने  । 

तपाई अर्थमन्त्री भए पछि हालको अवस्थामा तपाईको काम प्रति  कर्मचारी , सर्वसाधारण  , लगानीकर्ता कति खुशी छन् कुनै लेखाजोखा गर्नु भएको छ ।  तपाई काम बाट कोहि  पनि खुशी र सुखी देखिदैन । जतासुकै  करको बोझ मात्र थपिएको छ । लगानीलाई निरुत्साहित गएको छ  यस्तो कर मात्र थोपर्ने कर अर्थमन्त्री हामिलाइ किन चाहियो भन्ने आवाज उठ्न थालिसकेको छ । पुँजी बजार मात्र होइन तपाईको निति कै कारण  लगानीका अन्य  धेरै  क्षेत्रहरु तहसनहस हुन लागि सके  ।

तपाई जस्तो कथित  विद्वान अर्थमन्त्री होईन जनताको पिर मर्का बुझ्ने , जनतालाई खुसी एवं सुखी तुल्याउने साधारण अर्थमन्त्री भए हुन्छ भन्ने जमात बढ्दो छ  । तपाईको गलत निति कै कारण आज सरकारी बैंकको सेयर जनताले नकिन्ने अवस्था सम्म  आइसक्यो , अर्थतन्त्रमा यो भन्दा दयनीय एवं लज्जास्पद  अबस्था के हुन सक्छ , अत अर्थमन्त्री ज्यु ,  नैतिकताको आधारमा राजीनामा दिने हो  कि !!!

सेयर लगानीकर्ताले यो पेज लाइक गर्नुहोला ।

अर्थ संसार डट कम पेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको