Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार हरियाली, नेप्से र कारोबार सुधारउन्मुख

बुधबार, २० असार २०७५, १५ : ३६ मा प्रकाशित

सेयर बजार हरियाली, नेप्से र कारोबार सुधारउन्मुख

हेरौं, आजको सेयर बजार तालिका

अर्थ संसार, काठमाडौं–  पुँजी बजारमा (आज) बुधबार हरियाली छाएको छ । कारोबार भएको सवै समूहमा हरियाली छाएको छ ।

आज सेयर मापक परिसूचक  नेप्से ८.०४ अंकले वृद्धि भई एक  हजार १८८.४० बिन्दुमा पुगेको छ ।

त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.७० अंकले बढेर २४९.९५ को बिन्दुमा पुगेको छ ।

आज  ८ लाख ३३ हजार ८९१ कित्ता शेयर रु २५ करोड ३४ हजार ६ सय ९ मा  कारोबार भएको छ ।

यस दिन कारोबारमा आएका सबै समूहहरु बढेर हरियाली छाएका छन् । सबैभन्दा बढी बढनेमा बिमा समुह रहेको छ । जसको ६०.८६ अंकले बढेको छ ।

आज  किसान माइक्रोफाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । सो कम्पनीको  शेयरमा ६.०२ प्रतिशत फाइदा भएको छ । यस्तै सर्वाधिक गुमाउनेमा रैराङ्ग हाइड्रोपावरका लगानीकर्ताहरु रहेका छन् । सो कम्पनीको शेयरमा ९.८३ प्रतिशतले गुमाएका छन् ।

सामान्य अंकले बढेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको  छ ।

कमाउने कम्पनीहरु

गुमाउने कम्पनीहरु

 

5b3c9df626100.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको