Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल स्टक एक्सचेन्जका प्रमुख चन्द्रसिंहलाई विदाई गर्ने निर्णयसँगै सेयर बजार ३६ अंकले बढ्यो

विहीबार, २१ असार २०७५, १५ : २६ मा प्रकाशित

नेपाल स्टक एक्सचेन्जका प्रमुख चन्द्रसिंहलाई विदाई गर्ने निर्णयसँगै सेयर बजार ३६ अंकले बढ्यो

अर्थ संसार, काठमाडौं– सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलाई पदबाट हटाउने निर्णयसँगै बजार बिहीबार ३६.०१ अंकले बढेको छ ।

नेपाल कम्युनिष्ट पार्टी सचिवालयको बुधबार बेलुका बसेको बैठकले  काउन्टर दिँदै देउवा सरकारले सात महिनामा गरेका सबै नियुक्तिहरु खारेज गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णयसँगै २०७४ असोज २३ गते निर्वतमान कांग्रेसको सरकारले स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृतमा चन्द्रसिंह साउदलाई नियुक्त गरेको थियो ।

साताको अन्तिम दिन बिहीबार एकाएक नेप्से कारोबारमा ह्वात्तै बृद्धि भएको छ । कारोबार भएको सवै समूह उकालो लाग्दा नेप्से ११८८.४० विन्दुबाट ३६ अंकको सुधार भई १२२४.३८ विन्दुमा पुगेको छ ।

कूल १६८ वटा कम्पनीको १२ लाख १ हजार ४३३ कित्ता सेयर खरिदविक्री हुँदा ४६ करोड २० लाख १८ हजार ६३० रुपैयाँको कारोबार भएको छ ।

यस्तो छ, आजको सेयर बजार तालिका

 आज सवै भन्दा धेरै युनाइटेड इन्स्योरेसका लगानीकर्ताले सवै  भन्दा धेरै १० प्रतिशतले कमाएका छन् । यता, रैराङ  हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले सवै धेरै ७ प्रतिशतले गुमाएका छन् ।बढेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।

कमाउने कम्पनीहरु


गुमाउने कम्पनीहरु

5b3df57c1feec.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको