Like us!
Follow us!
Connect us!
Watch us!

पञ्चकन्या माईको आइपिओ साउन १ गतेदेखि निश्काशन

शुक्रबार, २२ असार २०७५, १५ : २४ मा प्रकाशित

पञ्चकन्या माईको आइपिओ साउन १ गतेदेखि निश्काशन

अर्थ संसार,काठमाडौं– पञ्चकन्या माई हाइड्रोपावर कम्पनीले साधारण सेयर (आपिओ) साउन १ गतेदेखि निश्काशन हुने भएको छ । कम्पनीले १ सय रुपैयाँ दरको ११ लाख कित्ता बराबरको ११ करोड रुपैयाँको आईपिओ जारी गर्न लागेको हो ।

उक्त आईपिओ भर्ने अन्तिम म्याद छिटोमा साउन ४  गते हो । साधारण सेयर जारी गर्न कम्पनीले सनराईज क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

कसलाई कति ?

१ अर्ब १० करोड रुपैयाँ जारी पुँजी रहेको पञ्चकन्याले जारी पुँजीको १० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । कूल निष्काशित आईपिओमध्ये ४४ हजार कित्ता कम्पनीको कर्मचारीहरू र ५५ हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्टाइएको छ । बाँकी रहेको १० लाख एक हजार कित्ता सर्वसाधारणलाई बाँडफाँड हुनेछ । आईपिओमा न्यूनतम ५० कित्तादेखि अधिकतम पाँच हजार ५०० कित्तासम्म आवेदन गर्न सकिने व्यवःथा रहेको छ ।

कहाँबाट भर्ने ?

साधारण सेयर भर्न इच्छुक लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संःथाबाट सी–आःवा प्रणालीबाट तथा मेरो सेयर प्रयोगकर्ताले घरबाटै आवेदन गर्न सक्नेछन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको