Like us!
Follow us!
Connect us!
Watch us!

माधव नेपाललाई भेटी सेयर लगानीकर्ताले भने –‘ सेयर बजार सुधार गर्न पहल गरिदिनु पर्यो’

आइतबार, २४ असार २०७५, १२ : ४६ मा प्रकाशित

माधव नेपाललाई भेटी सेयर लगानीकर्ताले भने –‘ सेयर बजार सुधार गर्न पहल गरिदिनु पर्यो’

अर्थ संसार, काठमाडौं– लगानीकर्ताहरुले (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपाललाई भेटी सेयर बजार सुधार लागि पहल गरिदिन आग्रह गरेका छन् । 

अर्थमन्त्री युवराज खतिवडाले विभिन्न कार्यक्रममा सेयर बाजरको विषयम जथाभावि बोल्नाले बजारमा नकरात्मक असर परेको भन्दै  लगानीकर्ताहरुले  बजार सुधार गर्न नेता नेपालसँग पहल गरिदिनुहुन आग्रह गरेका हुन् ।

लगानीकर्ताहरुले नेता नेपाललाई  भेटी बैंकहरुलाई ब्रोकर लाइसेन्स दिनुपर्ने, पुँजी बजारमा एनआरएनको लगानी भित्र्याउनुपर्ने, पुँजी बजारको अधिक आपूर्ति व्यवस्थापन गर्न बजार निर्माताको व्यवस्था गरिनुपर्ने, अनलाइन प्रणाली समयमै ल्याउनुपर्ने तथा नेप्सेमा प्रमुख कार्यकारीका बारेमा समयमा ध्यान दिनुपर्ने लगायतका विषयमा ध्यानाकर्षण गराएका थिए ।

नेता नेपालाई भेट्न नेपाल पुँजी बजार लगानीकर्ता संघको उपाध्यक्ष राधा पोखरेल, कोषाध्यक्ष राजु पौडेल, सेयर बजार विश्लेषक नवराज घिमिरे, एसपी चौलागाई लगायतका व्यक्तिहरु नेता नेपाललाई भेटेको थिए ।

भेटपछि नेता नेपालले लगानीकर्तासँगको सुझावहरु सम्बन्धित निकायमा पुर्याई दिनुको साथै उक्त सुझावहरु कार्यान्वयमा सक्दो सहयोग गर्ने आश्वासन दिएका थिए । 

5b41b8b23fbec.jpg 5b41b8d6b2c5f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको