यस्तो छ, आजको सेयर बजार तालिका
अर्थ संसार,काठमाडौं– साताको पहिलो दिन (आज) नेपाल स्टक एक्सचेन्ज (नेप्से) सामान्य अंकले घटेपनि कारोबार रकममा भने वृद्धि भएको छ ।
बजार ०.०२ अंकले घट्दा कारोबार रकम भने ४८ करोड २३ हजार ५२ हजार ४०९ रुपैयाको कारोबार भएको छ । विहीबार ३६ अंकले बढेको बजारमा ४६ करोडको कारोबार भएको थियो । यसले विस्तारै बजारमा लगानीकर्ताहरुको प्रवेश हुन थालेको संकेत गरेको छ ।
आज जम्मा १६८ वटा कम्पनीको १२ लाख ४१ हजार ६३१ कित्ता सेयर खरिदविक्री भएको छ । कारोबार भएको समूहमध्ये ६ वटा समूह ओरालो लाग्दा नेप्से इन्डेक्स १२२४.३९ विन्दुमा झेरेको छ ।
सामान्य अंकले घटेको बजारमा आरम्भ माइक्रो फाइनान्स वित्तीय संस्था लिमेडेका लगानीकर्ताले सवै भन्दा धेरै ९.९० प्रतिशतले आफ्नो आम्दानी बढाएका छन् ।
यता, युनाइटेड मोदी हाइड्रोपार कम्पनीका लगानीकर्ताले सवै भन्दा धेरै ६.६६ प्रतिशतले आफ्नो आम्दानी गुमाएका छन् ।आज कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारका छन् ।
कमाउने कम्पनीहरु
गुमाउने कम्पनीहरु
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस