अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृतमा अर्थ मन्त्रालयका उपसचिव रमेश अर्याल अस्थायीरुपमा नियुक्त भएका छन् ।
अर्थ मन्त्रालयले अर्को व्यवस्था नभएसम्मका लागि भन्दै उपसचिव अर्याललाई नेप्सेको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो ।
अर्यालले सोमबार (आज) नै पदभार ग्रहण गरिसकेका छन् । सरकारले चन्द्रसिंह साउदलाई असार २२ गतेदेखि नै लागू हुने गरी सीइओ खारेजीको गरेको पत्र पठाएको थियो । नेप्सेमा नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको दिन दोस्रो बजारमा भने ह्वात्तै घटेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस