Like us!
Follow us!
Connect us!
Watch us!

मेगा बैंकको वार्षिक साधारणसभा आज, यस्ता छन् एजेण्डा

शुक्रबार, २९ असार २०७५, ०८ : १७ मा प्रकाशित

मेगा बैंकको वार्षिक साधारणसभा आज, यस्ता छन् एजेण्डा

अर्थ संसार, काठमाडौं - मेगा बैंकको साधारण सभा शुक्रबार  अर्थात  (आज) हुँदैछ । सभामा मेगाले १०.७५५ बोनस सेयर दिने विशेष प्रस्ताव पेश गर्नेछ । 

साधारण सभा राष्ट्रिय सभागृह, प्रदर्शनीमार्ग काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । साधारण सभा गर्न बैंकले असार १५ गते बुक क्लोज गरिसकेको छ । यसआधारमा असार १४ सम्म मात्र कायम सेयरधनीले बोनस सुरक्षित गर्न सक्नेछन् ।
 
 मेगा र टुरिजम  डेभलपमेन्ट बैंक मर्ज भएपछि चुक्ता पुँजी ९ अर्ब २८ करोड ६८ लाख ३१ हजार ३७९ रुपैयाँ पुगेको छ । लगानीकर्ताले अब यही पुँजीबाट १०.७५५ बोनस सेयर पाउनेछन् । बोनस पछि चुक्ता पुँजी अझै माथि जानेछ ।
 
बोनस सेयर पश्चात चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही अनुरुप बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि छ । अधिकृत पुँजी वृद्धि गरी ११ अर्ब ५० करोड पुर्याउने अर्को विशेष प्रस्ताव पनि छ ।
 
सभामा आर्थिक वर्ष २०७३/७४ को सञ्चालक समिति प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गरिनेछ । आर्थिक वर्ष २०७४/७५ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने एजेन्डा पनि पेस हुँदैछ ।
 
बैंकको संस्थापक समूह अन्तर्गत ३ जना र सर्वसाधारण समूह अन्तर्गत ३ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम पनि छ ।

मेगामा सञ्चालक निर्वाचनको सरगर्मी पनि निकै बढेको देखिन्छ । धेरै संख्यामा संस्थापक
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको