Like us!
Follow us!
Connect us!
Watch us!

बिरामी बोकेर हिडेको एम्बुलेन्स बिचबाटोमा अलपत्र,सरोकारवाला निकाय बेखबर

शुक्रबार, २९ असार २०७५, १४ : २२ मा प्रकाशित

बिरामी बोकेर हिडेको एम्बुलेन्स बिचबाटोमा अलपत्र,सरोकारवाला निकाय बेखबर

शंखर पहाडी,गौरब

अर्थ संसार, सिन्धुली–केही दिनदेखि निरन्तर परेको पानीका कारण मध्ये पाहाडी लोकमार्ग अवरुद्ध भएको छ ।

मध्ये पाहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको फिकल गाउँ पालीका २ सुम्नाम पोखरीमा माथीबाट आएको माटोका कारण हिजोदेखि बाटो अवरुद्ध हुँदा खोटाङ्ग,ओखलढुंगा र सोलुखुम्बुबाट काठमाण्डौँ हिडेका सवारी साधन बिचबाटोमा रोकिएका छन भने यात्रुहरु अलपत्र परेका छन । 

उदयपुरको घुर्मीबाट बिरामी बोकेर काठ्माण्डौँ हिडेको स १ त १३९२ नम्बरको एम्बुलेन्स हिजोराती करिब २ बजेदेखि  बाटोमा फसेको छ । तर अहिले सम्म उद्दारको लागि कुनै प्रयास नभएको बिरामीका आफन्तले गुनासो गरेका छन ।

सम्नाम बेसीबाट फिकल चनौटे जाने ट्याक खोलीएको र उक्त ट्याकको माटो पानीले बगाएर ल्याएका कारण सवारी आवतजावतमा समस्या परेको हो । हिजोरातीदेखि बाटो अवरुद्ध हुँदा पनी नत सडक विभाग नै घटनास्थलमा पुगेको छ नत अन्य सरोकारवाला पक्ष नै घटनास्थलमा पुगेका छन ।

5b486755767ae.jpg 5b4867828aac8.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको