Like us!
Follow us!
Connect us!
Watch us!

संस्थाको हितविपरित काम गरेको भन्दै लगानीकर्ता संघले गर्यो सुवेदीलाई कारवाही

बुधबार, ०२ साउन २०७५, १५ : ५९ मा प्रकाशित

संस्थाको हितविपरित काम गरेको भन्दै लगानीकर्ता संघले गर्यो सुवेदीलाई कारवाही

अर्थ संसार, काठमाडौँ– नेपाल  पूँजीबजार लगानीकर्ता संघले संस्थाको हित विपरित काम गरेको भन्दै संघका पूर्व अध्यष नवराज सुवेदीलाई कारवाही गरेको छ ।

संघले सुवेदीले उक्त संघलाई आघात पर्ने गरी सामाजिक सञ्जालमा वक्तव्य जारी गर्दे हिडेको र बहुमत रहेका पदाधिकारीलाई कारवाही गरेको भन्दै गलत हल्ला चलाएको जनाएको छ ।

संघले सुवेदीलाई साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको र नयाँ अध्यक्षको रुपमा उपाध्यक्ष राधा पोखरेललाई चयन गरेको जनाएको छ ।

 संघले उपाध्यषमा राजु पौडेल, महासचिवमा एसपी चौलागाई, सचिवमा एनी थापा, कोषाध्यक्षमा कल्पना शर्मालाई चयन गरेको छ । यस्तै सदस्यमा आविस्कार घिमिरे र वाइपी दाहाललाई चयन गरेको छ । संघले सरोकार भएका सबैलाई उक्त कुराको जानकारी दिएको छ ।

5b4f175723f01.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको