अर्थ संसार, काठमाण्डौ - शिवम् सिमेन्टस् लिमीटेडको साधारण सेयर (आइपिओ) साउन १३ गतेदेखि खुल्ने भएको छ ।
आयोजना प्रभावित मकवानपुर जिल्लाबासीका लागि प्रिमियम मूल्यमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २०० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ३०० रुपैयाँको दरले ८ लाख ८० हजार कित्ता आइपीओ निश्कासन गर्ने भएको हो ।
इच्छुक लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमीटेड रहेको छ । आइपीओ खरीदका लागि भदौ ११ गते अन्तिम दिन तोकिएको छ ।
कहाँबाट आवेदन दिने ?
इच्छुक आयोजना प्रभावितले सीआस्वामार्फत वा तोकिएका संकलन केन्द्रमा सोझै गएर समेत आइपीओ खरीदका लागि दरखास्त दिन सक्ने व्यवस्था गरिएको छ ।
शिवम्ले दोश्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि समेत आइपीओ निश्कासन गर्ने भएकोले मकवानपुरका बासिन्दाले सर्वसाधारणका लागि निश्कासन गरिएको आइपीओमा भने आवेदन दिन पाउने छैनन् ।
स्थानीयवासीको लागि पहिलो चरणको आइपिओ निश्कासन सम्पन्न गरिसकेपछि दोस्रो चराणमा सर्वसाधारणका लागि प्रिमियम मूल्यसहित प्रतिकित्ता ४४ लाख कित्ता आइपीओ निश्कासन गर्ने योजना बनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस