अर्थ संसार,काठमाडौं - नेपाल आयल निगमको घाटा बढेर १५ दिनमा २५ करोड रुपियाँ पुगेको छ । आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ ।
भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको मूल्य बढाएर अगस्ट १ र १६ मा पठाएको मूल्य सूचीअनुसार निगमलाई १५ दिनमा २५ करोड रुपियाँ घाटा हुने देखिएको हो । मासिक भने निगमलाई ५० करोड रुपियाँ घाटा हुने देखिएको छ ।
गत ३० असारमा आईओसीले पठाएको मूल्य सूचीमा पनि निगमको घाटा २५ करोड रुपियाँ नै थियो । नयाँ मूल्यसूची आईओसीबाट निगमले प्राप्त गरेको भए पनि निगमले ग्यास, पेट्रोल, डिजेल मट्टीतेल र हवाई इन्धनको मूल्य सावितकै मूल्य राखेकाले निगमको घाटा बढेर गएको हो ।
अर्कातर्फ भने अमेरिकी डलर बलियो हुँदै जानुले पनि निगमको घाटामा वृद्धि गर्नको लागि मद्दत पुगेको छ ।
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस