Like us!
Follow us!
Connect us!
Watch us!

पेट्रोलियम पदार्थको मूल्य अब घट्छ - अर्थमन्त्री वाग्ले

अर्थ संसार

आइतबार, १४ असार २०८३, १४ : १४ मा प्रकाशित

पेट्रोलियम पदार्थको मूल्य अब घट्छ  - अर्थमन्त्री वाग्ले

अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य घट्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै मध्यपूर्वमा देखिएको समस्याको कारणले मूल्य वृद्धिबाट भएपछि अब घट्ने बताए। उनले अहिले मध्यपूर्वको अवस्था सहज हुँदै गएको बताए।

उनले भने, ‘मध्यपूर्वमा देखिएको समस्याका कारण इन्धनमा भएको मूल्यवृद्धिबाट आम उपभोक्तामा परेको भारलाई घटाउन म आफैँ अर्थमन्त्री भएको दुई हप्ता भित्रै यही दफा १८ लाई टेकेर डिजेल, पेट्रोल, मट्टितेलको पैठारीमा लाग्ने भन्सार महसुल र डिजेल तथा पेट्रोलमा लाग्ने पूर्वाधार विकास करको ५० प्रतिशत छुट हामीले दियौँ। केही समय लाग्छ, इन्धन अब भारतीय आयल निगम मार्फत हामीले आयात गर्ने गरेका छौँ। एडजस्ट भएर आउनको लागि केही समय लाग्ला। मूल्य अब घट्नेवाला छ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको