Like us!
Follow us!
Connect us!
Watch us!

७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न २० प्रतिशत कर्जा बढाउनु पर्छ - चेम्बर अध्यक्ष अग्रवाल

अर्थ संसार

शुक्रबार, १२ असार २०८३, १६ : २७ मा प्रकाशित

७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न २० प्रतिशत कर्जा बढाउनु पर्छ - चेम्बर अध्यक्ष अग्रवाल

नेपाल चेम्बर अफ कर्मसका अध्यक्ष कमलेश अग्रवालले सरकारले लिएको ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्नका लागि २० प्रतिशतले कर्जा वृद्धि गर्नु पर्ने बताएका छन् । अर्थसंसारको अर्थबहसमा कुरा गर्दै अध्यक्ष अग्रवालले सरकारले आगामी आर्थिक वर्षका लागि जुन रुपमा आर्थिक वृद्धिको लक्ष्य लिएको छ त्यो हासिल गर्नका लागि २० प्रतिशतको कर्जा विस्तार हुन आवश्यक रहेको बताएका हुन् । 

बजेटले आगामी पाँच वर्षमा औषत ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको छ । यसलाई हासिल गर्नका लागि अहिले भइरेको कर्जा प्रवाहमा २० प्रतिशतले वृद्धि गर्नु पर्ने हुन्छ,’ उलने भने । उनले अहिले ५.६ प्रतिशत मात्रै कर्जा प्रवाह भइरहेको बताए । अहिलेको सरकारबाट धेरै अपेक्षा भए पनि व्यवसायीहरु भने पर्ख र हेरको अवस्थामा नै रहेको उनको भनाइ छ । 

सरकारले लिएको लक्ष्य हासिल गर्नका लागि निजी क्षेत्रसँग हातेमालो गर्नु पर्ने र त्यसका लागि नीतिगत रुपमा नै सुधार आवश्यक रहेको उनको भनाइ छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको