वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई प्रहरीले पक्राउ गरेको छ । लिखतसम्बन्धी कसुरको आरोपमा जिल्ला अदालत पर्साले पक्राउ अनुमति जारी गरेको केही दिनपछि उनी प्रहरी नियन्त्रणमा परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार सिंहलाई पर्साको ठोरी क्षेत्रबाट पक्राउ गरिएको हो । प्रहरीका अनुसार अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उनी एकपटक अदालतमा उपस्थित भएका थिए । त्यसपछि भने उनी सम्पर्कबाहिर रहेको बताइएको छ ।
जिल्ला अदालत पर्साले जेठ १२ गते लिखतसम्बन्धी कसुरको मुद्दामा मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
पक्राउपछि उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ । घटनाबारे थप अनुसन्धान तथा सोधपुछ प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ ।
प्रहरी स्रोतका अनुसार मुद्दासम्बन्धी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइँदैछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस