हिमालयन पावर पार्टनर लिमिटेडको अवितरित हकप्रद सेयरको बाँडफाँट प्रक्रिया सम्पन्न भएको छ। कम्पनीले बिक्री नभई बाँकी रहेको ४ लाख ६८ हजार ७४० कित्ता हकप्रद सेयरका लागि प्राप्त आवेदनहरूका आधारमा सेयर बाँडफाँट गरेको हो।
कम्पनीले उक्त सेयर गत जेठ २७ गतेदेखि असार ४ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र (लिलामी) मार्फत बिक्री खुला गरेको थियो। प्राप्त बोलपत्रहरू असार ८ गते बिक्री प्रबन्धकको कार्यालय, नक्सालमा खोलिएको थियो भने असार १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सेयर बाँडफाँट गर्ने निर्णय गरेको हो।
कम्पनीका अनुसार यस लिलामी सेयरका लागि कट-अफ प्राइस प्रतिकित्ता ३४५ रुपैयाँ १० पैसा कायम भएको छ। ३४५ रुपैयाँ १० पैसा वा सोभन्दा बढी मूल्य तोकेर बोलपत्र पेस गर्ने आवेदकहरूलाई माग तथा सापेक्षिक भारका आधारमा समानुपातिक रूपमा सेयर बाँडफाँट गरिएको छ।
सेयर बाँडफाँटमा नपरेकाआवेदकहरूको बाँकी रकम उनीहरूले आवेदन फाराममा उल्लेख गरेको बैंक वा वित्तीय संस्थाको खातामा आईपीएस प्रणाली मार्फत सिधै फिर्ता पठाइने कम्पनीले जनाएको छ। यस कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटल लिमिटेडले सम्हालेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस