Like us!
Follow us!
Connect us!
Watch us!

सेयर संरचना परिवर्तन गर्दै कर्पाेरेट डेभलपमेन्ट बैंक

अर्थ संसार

आइतबार, १४ असार २०८३, ११ : १४ मा प्रकाशित

सेयर संरचना परिवर्तन गर्दै कर्पाेरेट डेभलपमेन्ट बैंक

कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो सेयर स्वामित्व संरचना परिमार्जन गर्ने भएको छ। बैंकले हाल कायम रहेको संस्थापक र सर्वसाधारण सेयरधनीहरूको स्वामित्व अनुपात परिवर्तन गर्न लागेको हो।

हाल बैंकमा संस्थापक सेयरधनीहरूको स्वामित्व ७० प्रतिशत र सर्वसाधारण सेयरधनीहरूको स्वामित्व ३० प्रतिशत रहेको छ। यस संरचनालाई परिवर्तन गरी संस्थापकतर्फको १० प्रतिशत सेयर सर्वसाधारणमा रूपान्तरण गर्न लागिएको बैंकले जनाएको छ। सेयर संरचना परिमार्जन भएपश्चात् बैंकमा संस्थापक सेयरधनीहरूको हिस्सा ६० प्रतिशत र सर्वसाधारणको हिस्सा ४० प्रतिशत कायम हुनेछ।

कुनै संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर सर्वसाधारणमा परिवर्तन गर्न नचाहेमा सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको प्रधान कार्यालयमा लिखित निवेदन दिनुपर्नेछ।

तोकिएको ३५ दिने म्यादभित्र कुनै पनि लिखित निवेदन प्राप्त नभएमा सम्बन्धित संस्थापक सेयरधनीहरू आफ्नो सेयर सर्वसाधारणमा परिवर्तन गर्न मञ्जुर रहेको मानिने बैंकले प्रष्ट पारेको छ। सोही बमोजिम नै सेयर संरचना परिवर्तनको बाँकी प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको