Like us!
Follow us!
Connect us!
Watch us!

आगामी वर्षबाट पुँजीगत खर्चको परम्परागत हविगत तोड्छौँ - अर्थमन्त्री वाग्ले

अर्थ संसार

आइतबार, १४ असार २०८३, १५ : ११ मा प्रकाशित

आगामी वर्षबाट पुँजीगत खर्चको परम्परागत हविगत तोड्छौँ - अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षदेखि पुँजीगत खर्च नहुने वर्षौँदेखिको गलत परम्परा अन्त्य गर्ने दाबी गरेका छन्। आइतबार प्रतिनिधि सभामा 'आर्थिक विधेयक, २०८३' माथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्।

पुँजीगत खर्च बढ्दा राजस्व संकलनमा समेत सकारात्मक प्रभाव पर्ने भएकाले सरकारको सम्पूर्ण ध्यान विकास खर्च बढाउनेतर्फ केन्द्रित रहेको अर्थमन्त्री वाग्लेको भनाइ थियो। चालु आर्थिक वर्षको हालसम्म पुँजीगत खर्च करिब ३५ प्रतिशत मात्रै भएको जानकारी दिँदै उनले असार मसान्तसम्ममा यसलाई ५० प्रतिशतभन्दा माथि पुर्‍याउने लक्ष्य राखिएको बताए। अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षमा सरकारले पुँजीगत खर्चको क्षेत्रमा उल्लेखनीय सुधार गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।  पुँजीगत खर्च बढाउन सरकारले रकमान्तरणको अधिकार सम्बन्धित मन्त्रालयलाई नै दिने र आयोजना पूर्वतयारीलाई कडाइका साथ कार्यान्वयन गर्ने बताए ।

उनले भने,‘आगामी वर्षदेखि अहिले बजेटमा रोपिएका धेरै बीउहरुले आगामी वर्ष पुँजीगत खर्चको परम्परागत हविगत हामी तोड्छौँ,भन्ने हाम्रो विश्वास छ । आजको मितिसम्म चालु आर्थिक वर्षको पुजिँगत खर्च जम्मा ३५ प्रतिशत भएको छ । आशा गरौँ, यो असार मसान्तसम्ममा यो ५० प्रतिशत कट्ला । आगामी वर्ष हामी यसमा ठूलो रुपान्तरण गर्ने लक्ष्य लिएर रकमान्तरणको अधिकार सम्बन्धित मन्त्रालयलाई नै दिने, पूर्वतयारीमा निर्मम बन्ने र हाम्रो नियत र क्षमतालाई समुचित परिचालन गरियो भने यसमा हाम्रो दक्षता देखाउन सक्छौँ ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको