Like us!
Follow us!
Connect us!
Watch us!

वर्षाका कारण दुई वटा लघुजलविद्युत् अवरुद्ध, १ हजार घर अध्यारोमा

विहीबार, ०७ भदौ २०७५, १० : ५६ मा प्रकाशित

वर्षाका कारण दुई वटा लघुजलविद्युत् अवरुद्ध, १ हजार घर अध्यारोमा

अर्थ  संसार, काठमाडौँ – कुलो भत्केपछि निसीखोला गाउँपालिकास्थित दुई वटा लघुजलविद्युत् आयोजना अवरुद्ध भएका छन् ।

अविरल वर्षापछि गएराति खसेको पहिरोले कुलो पुरिँदा वडा नं १ स्थित निसीखोला पहिलो लघुजलविद्युत् आयोजना बन्द भएको हो ।

आयोजना बन्दभएपछि वडा नं १, २ र ढोरपाटन नगरपालिका–३ का करीब एक हजार घरधुरीमा बिजुली अवरुद्ध भएको छ । ऊर्जामा आधारित लघु तथा घरेलु उद्योग पनि प्रभावित बनेको वडा नं २ का अध्यक्ष कुवीर विकले जानकारी दिनुभयो ।

त्यस्तै दुई साताअघि खसेको पहिरोले कुलो बगाउँदा अवरुद्ध बनेको निसीखोला गाउँपालिका–४ स्थित निसीखोला दोस्रो लघुजलविद्युत् आयोजना पनि सञ्चालन हुन सकेको छैन । आयोजना सञ्चालन नहुँदा करीब एक हजार १०० घरधुरी अन्धकारमा बस्न बाध्य छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको