प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषका आधारमा सरकारको समर्थन वा विरोध गर्दा आफूलाई ज्यान मार्ने धम्की आउने गरेको गुनासो गरेका छन्। मंगलबारको प्रतिनिधिसभा बैठकमा सभामुख डीपी अर्यालले दिएको समयमा बोल्दै उनले यस्तो गुनासो गरेका हुन् ।
आफूहरू संसद्मा जनताका आवाज उठाउनका लागि जनताकै मत पाएर आएको उल्लेख गर्दै सांसद महरले आफूहरूले सरकारको विरोध मात्र नगरेको स्पष्ट पारे।
उनले भने,‘सरकारको हामी गुण र दोषको आधारमा समर्थन र विरोध गर्छौं । सरकारलाई हामी सही बाटो देखाउन चाहन्छौं। बिडम्बना, सदनमा बोलिरहँदा सरकारको कहिलेकाँही विरोध गरेको केही मान्छेहरूलाई आभाष हुँदो रहेछ । मलाई निरन्तर धम्की आइराखेको छ । फेसबुकमा, फोनमा गोली हानिदिन्छु, मारिदिन्छु भनेको छ ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस