Like us!
Follow us!
Connect us!
Watch us!

चीनले गर्यो १ हजार मेगावाट विद्युत् किन्ने प्रस्ताव

सोमबार, १८ भदौ २०७५, ०७ : ५३ मा प्रकाशित

चीनले गर्यो १ हजार मेगावाट विद्युत् किन्ने प्रस्ताव

अर्थ संसार, काठमाडौं– चीनले नेपालसँग वर्षायाममा उत्पादित १ हजार मेगावाटसम्म विद्युत् किन्ने प्रस्ताव गरेको छ ।

चीनको बेइजिङमा भएको नेपाल–चीन जोड्ने ४ सय केभीको गल्छी–रसुवागढी–केरुङ अन्तरदेशीय प्रसारणलाइन आयोजनाको कार्यान्वयनका लागि गठित संयुक्त प्राविधिक समूहको पहिलो बैठकमा चिनियाँ पक्षले यस्तो प्रस्ताव गरेको हो ।

टोलीका सदस्य एवं अन्तरदेशीय प्रसारण लाइन आयोजनाको नेपालतर्फका प्रमुख कोमल आत्रेयका अनुसार तिब्बतले हाल सिचुवान र कन्काइबाट विद्युत् ल्याईरहेकोमा तिब्बतका लागि एक हजार मेगावाटसम्म विद्युत् नेपालबाट निर्यात गर्न सक्ने प्रस्ताव गरेका छन् ।

बैठकमा चिनियाँ पक्षले नेपालको विद्युत् उत्पादनको प्रक्षेपण, माग तथा आपूर्तिका साथै आदानप्रदान हुनसक्ने अवस्थाबारे योजना ल्याउन प्रस्ताव गर्दै सोही आधारमा अघि बढ्ने बताएको थियो ।

नेपालले चीनतर्फको प्रसारण लाइनको निर्माण अनुदानमा बनाउनका लागि प्रस्ताव गरेपनि दुवै देशले विद्युत् आदानप्रदान गर्ने भएकोले दुवै देशको लगानी हुनेगरी वित्तीय व्यवस्थापनको प्रारूप तयार गरेर अघि बढाउने प्रस्ताव गरेपनि यसको टुंगो भने लागिसकेको छैन ।,  यो खबर आजको कारोवार दैनिकमा छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको