अर्थ संसार, काठमाडौं– आरएम ग्रुपअन्तर्गतको मल्टी इनर्जी डेभलपमेन्टले रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा निर्माण गर्न लागेको लाङटाङ हाइड्रोपावरमा लगानी जुटेको छ ।
२० मेगावाटकोउक्त आयोजनामा सनराइज बैंकको अगुवाइमा चारवटा बैंकले लगानी गर्ने भएका हुन्।
राजधानीमा बुधबार आयोजित एक कार्यक्रममा वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर भएको छ ।
कार्यक्रममा मल्टी इनर्जी डेभलपमेन्ट प्रालिका अध्यक्ष कृष्ण आचार्य र सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले सम्झौताको प्रति आदानप्रदान गरे। सहायक
लगानीकर्ता बैंकमा सिद्धार्थ बैंक, नेपाल क्रेडिट एन्ड कमर्स बैंक र जनता बैंक छन्। आयोजनाको कुल लगानी चार अर्ब पाँच करोड प्रक्षेपण गरिएको छ ।
सेयरधनीबाट १ अर्ब ३२ करोड र बैंकहरूले २ अर्ब ७३ करोड ४० लाख लगानी गर्ने मल्टी इनर्जीका अध्यक्ष आचार्यले जानकारी दिए । आयोजनाको सम्भाव्यता अध्ययन, विद्युत् खरिद–बिक्री सम्झौता, वातावरणीय प्रभाव अध्ययन मूल्यांकन लगायतका काम सम्पन्न भएपछि वित्तीय व्यवस्थापन सम्झौता भएको हो ।
आयोजनाको सिभिल, हाइड्रोमेकानिकल, इलेक्ट्रोमेकानिकल, ट्रान्समिसन लाइनलगायत मुख्य संरचना निर्माणका लागि चिनियाँ कम्पनी छोङगिङ वाटर टर्वाइन वक्र्स (सिडब्लुटिडब्लु) सँग ठेक्का सम्झौतासमेत सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । २०७७ पुसभित्र निर्माण कार्य सम्पन्न गर्ने आयोजनाको लक्ष्य छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस