Like us!
Follow us!
Connect us!
Watch us!

क्रिकेटरमा छलाङ्ग मार्दै लामिछाने, अष्ट्रेलियाको उच्च डिभिजनमा खेल्ने

मंगलबार, ०६ कार्तिक २०७५, ०९ : २४ मा प्रकाशित

क्रिकेटरमा छलाङ्ग मार्दै लामिछाने, अष्ट्रेलियाको उच्च डिभिजनमा खेल्ने

अर्थ संसार, काठमाडौँ– अन्तर्राष्ट्रिय क्रिकेटमा एकपछि अर्को सफलता प्राप्त गर्दै आएका नेपाली राष्ट्रिय टोलीका युवा खेलाडी सन्दीप लामिछानेले अष्ट्रेलियन लिग खेल्ने भएका छन् ।

अघिल्लो महीना मलेसियामा सम्पन्न आइसिसी विश्वकप टी–२० एशिया क्षेत्र छनोट ‘बी’को खेल सकिएलगत्तै मलेसियाबाट अष्ट्रेलिया गएका सन्दीप अष्ट्रेलियाको उच्च डिभिजनको क्रिकेट लिगमा आबद्ध भएका हुन् ।

सन्दीपले अष्ट्रेलियाको मेलबर्न स्टार्स क्लबबाट ‘बिग बास’ लिग खेल्ने भएका हुन् । क्रिकेटसम्बन्धी बेवसाइट क्रिक इन्फो डटकमका अनुसार सन्दीपले मेलबर्न स्टार्स क्लबसँग सम्झौता गरेका छन् ।

हालै अफगानिस्तान प्रिमियर लिग खेलेका सन्दीप आगामी पुस ४ गतेदेखि शुरु हुने बिग बास लिगमा अनुबन्धित भएका हुन् । यसअघि सन्दीपले माइकल क्लार्कको क्लब वेष्ट्रन डिस्ट्रिक क्लबबाट २०१६–१७ मा प्रिमियर ग्रेड क्रिकेट लिग खेलेका थिए । सन्दीपले क्लार्कको एकेडेमीमा समेत प्रशिक्षण गरेका थिए ।

यसै साता पोखरामा आयोजना हुने पोखरा प्रिमियर लिगमा विराटनगरको मार्की खेलाडी बनेका सन्दीपले इन्डियन प्रिमियर लिगमा आइपिएल) दिल्ली डेयरडेभिल्सबाट यसै सिजनमा खेलेका थिए ।

अष्ट्रेलियन लिगमा आबद्ध भएपछि सन्दीपले यो नेपाल र नेपालीका लागि गौरबको कुरा भएको प्रतिक्रिया दिएको उक्त वेबसाइटले जनाएको छ । लामिछाने बङ्गलादेश र युएइको लिगमा समेत आबद्ध भइसकेका छन् ।

यो पनि पढ्नुहोस्

हिमालयन उर्जाको ९ लाख ९० हजार कित्ता आइपिओ बिक्री खुल्ला, कहाँबाट आवेदन दिने ?

शीतलनिवासको त्यो एउटा भाईरल तस्बिर..

राजनीतिकमा मि टु मुभमेन्ट : सेक्स गर्न नमान्दा मन्त्रीले पत्रकारको पारे जागिर चट ! 

दशैंको दक्षिणा शेयरमा लगानी गरौं, थोरै लगानीबाट धेरै नाफा कमाउने अवसर !

दशैँपछि राजधानीमा चहलपहल : दैनिक १ लाख बढी यात्रु भित्रिए 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको