नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एभरेष्ट कलर लिमिटेडको आईपीओ सूचीकृत भएको छ । नेप्सेमा कम्पनीको कुल ३० लाख कित्ता सेयर सूचीकृत भएको हो ।
जसमा सर्वसाधारण सेयरधनीलाई बिक्री गरिएको कुल ७ लाख ९० हजार कित्ता सेयर रहेको छ भने संस्थापकहरुले लगानी गरेको २२ लाख १० हजार कित्ता सेयर रहेको छ ।नेप्सेले उक्त कम्पनीको सेयरलाई पहिलो कारोबारको लागि न्यूनतम १०० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँसम्म ओपनिङ रेञ्ज प्रदान गरेको छ ।
सोही मूल्यकै आधारमा भोलिदेखि नै यो कम्पनीको सेयर कारोबारमा आउनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस