Like us!
Follow us!
Connect us!
Watch us!

एक वर्षमा ५८ अर्ब एफडीआई प्रतिवद्धता, २८ हजार बढी रोजगारी सिर्जना हुने

अर्थ संसार

शुक्रबार, ०१ साउन २०८३, १६ : ४१ मा प्रकाशित

एक वर्षमा ५८ अर्ब एफडीआई प्रतिवद्धता, २८ हजार बढी रोजगारी सिर्जना हुने

एक आर्थिक वर्षमा नेपाललाई ५८ अर्ब भन्दा माथिको लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार गत आर्थिक वर्ष २०८२÷०८३ मा ५८ अर्ब १ करोड ८ लाख ५३ हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको हो । 

विभागका अनुसार उक्त एक आर्थिक वर्षमा १ हजार १ सय १६ वटा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) परियोजनालाई स्वीकृति भएका छन् । विभागका अनुसार स्वीकृत परियोजनाबाट २८ हजार ४२३ जनालाई रोजगारी सिर्जना हुने अनुमान गरिएको छ । विभागले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार गत आर्थिक वर्षभर स्वचालित मार्ग (अटोमेटिक रुट) र स्वीकृति मार्ग (अप्रुभल रुट) दुवै माध्यमबाट विदेशी लगानी स्वीकृत भएको हो ।

विभागको अनुसार समीक्षा अवधिमा स्वचालित मार्गबाट ९ अर्ब ५८ करोड ४४ लाख रुपैयाँ र प्रत्यक्ष सहभागी मार्गबाट ४८ अर्ब ४१ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको हो । प्रत्यक्ष स्वचालित मार्गबाट ८९७ वटा र प्रत्यक्ष सहभागी मार्गबाट २१९ वटा उद्योग स्थापनाका लागि लगानी प्रतिबद्धता आएको हो ।
यो अवधिमा सबैभन्दा बढी पर्यटनमा लगानी प्रतिवद्धता आउदा सबैभन्दा कम खनिजमा रहेको छ । १ वर्षमस  महिनामा पर्यटनमा १३ अर्ब ९९ करोड ७४ लाख, सेवामा ४ अर्ब ९१ करोड ४० लाख, उत्पादनमुलुकमा ३ अर्ब ९१ करोड, सूचनाप्रविधिमा २ अर्ब ३६ करोड ५८ लाख, पूर्वाधारमा २ अर्ब ८३ करोड ३४ लाख , उर्जामा ७१ करोड ७८ लाख, कृषि मुलुकमा २३ अर्ब १८ करोड ८० लाख र खनिजमा १८ करोड ५० लाख लगानी प्रतिवद्धता आएको हो ।

उक्त लगानी प्रतिवद्धता पर्यटनमा २२७ वटा, सेवामा ७१ वटा, उत्पादनमा ६३ वटा, सूचनाप्रविधिमा ७२७ वटा, पूर्वाधारमा २ वटा, उर्जामा ४  वटा, कृषिमा १८ वटा र खनिजमा २ वटा उद्योग तथा व्यवसायका लागि उक्त लगानी प्रतिवद्धता आएको हो । त्यस्तै, नेपालमा लगानी गरेका विदेशी लगानीकर्ताले गत आर्थिक वर्षमा १७ अर्ब ८५ करोड ४६ लाख रुपैयाँ बराबरको लाभांश स्वदेश फिर्ता लैजान उद्योग विभागबाट स्वीकृति प्राप्त गरेका छन् । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो स्वीकृति ९ अर्ब ६१ करोड रुपैयाँ मात्र रहेको थियो । यस आधारमा लाभांश फिर्ता लैजाने रकम उल्लेख्य रूपमा बढेको देखिन्छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको