अर्थ संसार, काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल धनुषाका प्रहरी सहायक हवल्दार चन्देश्वर गिरीलाई ११ हजार घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ ।
नेपाल भारत सीमा बजारबाट सामान ल्याउन सहज गराइदिने बहानामा सेवाग्राहीसँग घुस मागेको आरोप गिरीमाथि लागेको छ । आयोगका प्रवक्ता रामेश्वर दङ्गालका अनुसार जनकपुर उपमहानगरपालिका–४ कदमचोकबाट उनलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ ।
यो पनि पढ्नुहोस्
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस